शेखरले भने- सुशासन कायम गर्न सरकार असफल भयो, कांग्रेसले खबरदारी गर्नुपर्छ « Khabarhub

शेखरले भने- सुशासन कायम गर्न सरकार असफल भयो, कांग्रेसले खबरदारी गर्नुपर्छ


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकार असफल भएको बताएका छन् । 

गिरिजाप्रसाद कोइरालाको १५ औँ स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले कांग्रेस–एमाले मिलेर बनेको सरकारले सुशासन कायम गर्न नसकेको बताएका हुन् ।

उनले कांग्रेस सत्तापक्षमा रहे पनि सरकारलाई खबरदारी गर्नुपर्ने उल्लेख गरे । अहिलेको परिदृश्य हेर्दा देशको अवस्था भयावह रहेको उनले बताए ।

कोइरालाले कांग्रेस ठूलो भए पनि अहिले एमाले र कहिले माओवादीको पक्षमा लागेको भन्दै अब त्यसो गर्न नहुने धारणा राखे । उनले कांग्रेसको नेतृत्वमा सबै दललाई मिलाएर अघि बढ्नुपर्नेमा जोड दिए ।  

कार्यक्रममा सहभागी कांग्रेस नेताहरूले मुलुकको परिवर्तनमा गिरिजाप्रसाद कोइरालाले खेलेको भूमिकाको स्मरण गरेका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ६ : २० बजे

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको