शेखरले भने- सुशासन कायम गर्न सरकार असफल भयो, कांग्रेसले खबरदारी गर्नुपर्छ « Khabarhub

शेखरले भने- सुशासन कायम गर्न सरकार असफल भयो, कांग्रेसले खबरदारी गर्नुपर्छ


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकार असफल भएको बताएका छन् । 

गिरिजाप्रसाद कोइरालाको १५ औँ स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले कांग्रेस–एमाले मिलेर बनेको सरकारले सुशासन कायम गर्न नसकेको बताएका हुन् ।

उनले कांग्रेस सत्तापक्षमा रहे पनि सरकारलाई खबरदारी गर्नुपर्ने उल्लेख गरे । अहिलेको परिदृश्य हेर्दा देशको अवस्था भयावह रहेको उनले बताए ।

कोइरालाले कांग्रेस ठूलो भए पनि अहिले एमाले र कहिले माओवादीको पक्षमा लागेको भन्दै अब त्यसो गर्न नहुने धारणा राखे । उनले कांग्रेसको नेतृत्वमा सबै दललाई मिलाएर अघि बढ्नुपर्नेमा जोड दिए ।  

कार्यक्रममा सहभागी कांग्रेस नेताहरूले मुलुकको परिवर्तनमा गिरिजाप्रसाद कोइरालाले खेलेको भूमिकाको स्मरण गरेका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ६ : २० बजे

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई