इजरायली हवाई आक्रमणबाट गाजामा मृत्यु हुने सङ्ख्या ७१ पुग्यो « Khabarhub

इजरायली हवाई आक्रमणबाट गाजामा मृत्यु हुने सङ्ख्या ७१ पुग्यो


६ चैत्र २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

गाजा– इजरायलले हिजो रातभर र आजसम्म गाजा पट्टीमा धेरै घरमा गरेको आक्रमणमा कम्तीमा ७१ प्यालेस्टिनीको मृत्यु भएको अस्पतालहरूले बताएका छन् । 

दक्षिणी गाजाको खान युनुस र रफाह सहर तथा उत्तरी सहर बेत लाहियाका घरहरूमा आक्रमण भएको अस्पतालहरूले बताएका छन् ।

इजरायलले मंगलबार गाजाभर पुनः व्यापक हमला सुरु गरेको थियो । यो हमलाले युद्ध रोक्ने र २५ भन्दा बढी बन्धकको रिहाइलाई सहज बनाएको युद्धविराम भङ्ग गरेको छ । 

हमासले उनीहरूको सम्झौताबाट विचलित भएको इजरायल–समर्थित प्रस्तावलाई अस्वीकार गरेको भन्दै इजरायलले नयाँ लडाइँको दोष हमासलाई दिएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार मात्र चार सयभन्दा बढी प्यालेस्टिनी मारिएका थिए । यसमा अधिकांश महिला र बालबालिका थिए। हमासले रकेट प्रहार गरेको वा अन्य आक्रमण गरेको कुनै रिपोर्ट आएको छैन।

पछिल्लो आक्रमणमा इजरायली सेनाको तत्काल कुनै टिप्पणी आएको छैन । सेनाले आतंकवादीहरूलाई मात्र लक्षित गरेको बताएको छ । उसले हमास आवासीय क्षेत्रहरूमा गहिरो रूपमा अवस्थित रहेकाले नागरिक मृत्युको दोष पनि हमासलाई दिएको छ ।

दक्षिणी सहर रफाहमा रहेको युरोपेली अस्पतालमा रातभर दुई परिवारको घरमा भएको आक्रमणमा महिला र बालबालिकासहित २६ जनाको मृत्यु भएको बताइएको छ । एउटा हमलामा एक बुवा र उनका सात सन्तानको मृत्यु भएको छ ।

खान युनुसमा रहेको नासेर अस्पतालले रातभर एउटा घरमा भएको हमलामा मारिएका सात जनाको शव प्राप्त गरेको थियो । उत्तरी गाजामा इन्डोनेसियाली अस्पतालले बेइत लाहियामा एउटा घरमा भएको हमलामा मारिएका सात जनाको शव प्राप्त गरेको बताएको छ । बेइत लाहिया सीमा नजिककोसहर हो।
 

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहिबार  ६ : ४१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया