आठ महिनामा मेची भन्सारबाट कति उठ्यो राजस्व ? « Khabarhub

आठ महिनामा मेची भन्सारबाट कति उठ्यो राजस्व ?


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

झापा – मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु १० अर्ब १७ करोड ७२ हजार राजस्व सङ्कलन गरेको छ । उक्त राजस्य निर्धारित लक्ष्यको ९१ दशमलव ६४ प्रतिशत हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँका अनुसार चालु आवको फागुन महिनासम्ममा रु ११ अर्ब नौ करोड ८७ लाख नौ हजार राजस्व सङ्कलनको लक्ष्य रहेको थियो ।

गत आवको सोही अवधिमा लक्ष्यको ७७ दशमलव २४ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो । चालु आवको आठ महिनामा मेची भन्सारबाट पेट्रोलियम पदार्थको आयतबाट ६० दशमलव २२ प्रतिशत अर्थात् रु छ अर्ब १२ करोड ४२ लाख ८५ हजार राजस्व सङ्कलन भएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको आठ महिनामा रु १७ अर्ब ९० करोड ६१ लाख २५ हजार बराबरको वस्तु निर्यात भएको छ । सोही अवधिमा रु ३१ अर्ब १८ करोड ६५ लाख १६ हजार बराबरको वस्तु आयात भएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ८ : ४८ बजे

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य

काठमाडौं– बडादसैँ, दीपावली, नेपाल सम्वत् र छठपर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो

मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रवि लामिछानेले दिए बधाई

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व