चीनमा बाँझोपन र विवाहको समस्या बढ्दो « Khabarhub

चीनमा बाँझोपन र विवाहको समस्या बढ्दो


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – गत वर्ष चीनमा नयाँ विवाह पाँच भागमा एक भागले घटेको खबर हालै सार्वजनिक भएको छ। यसले २०२४ मा कुल ९५ लाख बालबालिका जन्मेकामा २०२५ मा यो ७३ देखि ७८ लाखमा झर्ने देखिएको छ।

चीनले विश्वव्यापी जनसंख्याको १७.२५ प्रतिशत हिस्सा लिएको छ तर विश्वव्यापी जन्म दरमा चीनको हिस्सा अफ्रिकी राष्ट्र नाइजेरियाकै स्तरमा अर्थात् मात्र ६.५ प्रतिशत छ। यसबाहेक, चीनको प्रतिमहिला प्रजनन दर २०२५ मा ०.९ मा झर्ने अपेक्षा गरिएको छ। यो दर सन् २०१६ को तुलनामा आधा मात्र हो।

सन्तुलित जनसंख्याका लागि प्रजनन दर २।१ प्रतिशत हुनुपर्छ। चीनमा जनसांख्यिकीय संकट यति धेरै गहिरो भएको छ कि यही महिनाको सुरुमा चिनियाँ प्रधानमन्त्री लि चियाङले जन्म दर बढाउन नयाँ नीतिहरू ल्याउने घोषणा गरेका छन्। तर बढ्दै गएको वैवाहिक संकटले चीन सरकारले गर्न चाहेको प्रयासलाई कमजोर पार्ने निश्चित छ।

सन् २०१३ मा १ करोड ३४ लाख जोडीले विवाह गरेकामा सन् २०२४ मा आइपुग्दा यो घटेर ६१ लाखमा ओर्लेको छ। त्यसो त सन् २०२० देखि सन् २०२४ सम्म जारी कोभिड महामारीका कारण यो प्रवृत्तिमा केही विचलन देखिएको थियो।

यसैगरी सन् २०१३ देखि सन् २०२४ सम्मको अवधीमा समग्र वैवाहिक दर प्रतिहजारमा ९.९ रहेकामा सन् २०२३ मा यो घटेर ४.३ मा झरेको छ। सन् २०२३ मा यो दर ताइवानमा ५.४ र अमेरिकामा ६.१ थियो।

चीनको २०२० को जनगणनाअनुसार, कुल जन्मको ६१ प्रतिशत हिस्सा २० देखि ३० वर्ष उमेरका महिलाले लिएका थिए। तर सन् २०१२ मा यो उमेर समूहको संख्या ११ करोड १० लाख रहेकामा सन् २०२४ मा घटेर ७ करोड ३० लाखमा झरेको छ।

सन् २०५० सम्म यो समूहको जनसंख्या तीन करोड ७० लाखमा झर्ने आकलन छ। त्यसैले प्रजनन प्रजनन दर केही हदसम्म बढे पनि जन्म दर द्रुत रूपमा घट्दै जाने देखिएको छ। चीनमा दशकौँदेखिको लिंग छनोट र गर्भपतन व्यापक रहेका कारण समग्रमा एकातिर दुलहीको अभाव देखिएको छ भने अर्कोतिर दुलही पाउन दुलाहाले ठूलो मूल्य तिर्नुपर्ने अवस्था सिर्जना भएको छ। उदाहरणका लागि, अहिले दुलाहाको परिवारले कम्तीमा एउटा नयाँ अपार्टमेन्ट खरिद गर्नुपर्छ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  २ : १६ बजे

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा

भूमि र वन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

काठमाडौं– सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र