जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि « Khabarhub

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा सम्पन्न चौथो संस्करणको ‘मनुश्री भिग्नजीत जुनियर’ राष्ट्रिय टेनिस प्रतियोगितामा पोखराका दर्शिल श्रेष्ठ र काठमाडौ‌की सारा पन्तले दोहोरो उपाधि जितेका छन् ।

पोखरा रङ्गशालाको टेनिस कम्प्लेक्समा यही वैशाख ३ गतेदेखि सुरु प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा दर्शिलले १६ वर्षमुनि पुरुष एकल र पुरुष ‘डबल्स’को उपाधि जित्दा सारा महिला एकलतर्फ १४ र १२ वर्षमुनिको दुवै विधामा च्याम्पियन बनिन् ।

दर्शिलले एकलतर्फ असव सम्राट हाडालाई ६–१ र ६–४ अङ्कको सोझो सेटमा पराजित गरेका हुन् । ‘ब्वाइज डबल्स’ मा सिर्जन भट्टराईसँगको ‘पार्टनरसीप’मा दर्शिल जोडीले प्रफुल्ल श्रेष्ठ र स्पन्दन उदासको जोडीलाई प्रतिस्पर्धात्मक खेलमा ६–०, ५–७ र १०–४ अङ्कले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भए ।

यसैगरी साराले १४ वर्षमुनि महिला एकलतर्फको प्रतिस्पर्धामा आर्य पौडेलसँगको फाइनल खेलमा ६–१ र ६–४ अङ्कको नतिजा निकालिन् । साराले १२ वर्षमुनिको फाइनलमा स्वरा थापालाई ६–२ र ६–३ अङ्कले पराजित गर्दै दोहोरो जित निकालेकी हुन् ।

त्यसैगरी, १४ वर्षमुनिको ‘ब्वाइज सिङ्गल’तर्फ साङ्गे रोकायाले आसव सम्राट हाडालाई ६–४, ३–६ र १४–१२ अङ्कले पराजित गर्दै प्रथम हुन सफल भए ।

यसैगरी, १२ वर्षमुनिको ‘ब्वाइइज सिङ्गल’मा आरित मल्लले आर्यसराज पौडेललाई प्रतिस्पर्धात्मक खेलमा ३–६, ७–६ र १०–४ अङ्कले पराजित गर्दै प्रथम स्थान हासिल गरेका छन् ।

प्रतियोगिताको १६ वर्षमुनिको एकलतर्फ विजेताले नगद १५ हजार तथा उपविजेताले नगद सात हजार ५०० सहित मेडल प्राप्त गरे । चौध वर्षमुनिको एकल विजेताले नगद १० हजार तथा उपविजेताले नगद पाँच हजार रुपैयाँसहित मेडल प्राप्त गरे ।

यसैगरी, १२ वर्षमुनिको एकलतर्फ विजेताले नगद आठ हजार तथा उपविजेताले चार हजार रुपैयाँसहित मेडल प्राप्त गरेका छन् ।

प्रतियोगिताको आठ, नौ र दश वर्षमुनिको महिला तथा पुरुष एकल विजेता तथा उपविजेताले गिफ्ट ह्याम्पर तथा मेडल प्राप्त गरे ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ७ : २० बजे

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक

राप्रपाका उम्मेदवार भण्डारीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का उम्मेदवार डा सुरेन्द्र सुरेन्द्र भण्डारीलाई

पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं – पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको