जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि « Khabarhub

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा सम्पन्न चौथो संस्करणको ‘मनुश्री भिग्नजीत जुनियर’ राष्ट्रिय टेनिस प्रतियोगितामा पोखराका दर्शिल श्रेष्ठ र काठमाडौ‌की सारा पन्तले दोहोरो उपाधि जितेका छन् ।

पोखरा रङ्गशालाको टेनिस कम्प्लेक्समा यही वैशाख ३ गतेदेखि सुरु प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा दर्शिलले १६ वर्षमुनि पुरुष एकल र पुरुष ‘डबल्स’को उपाधि जित्दा सारा महिला एकलतर्फ १४ र १२ वर्षमुनिको दुवै विधामा च्याम्पियन बनिन् ।

दर्शिलले एकलतर्फ असव सम्राट हाडालाई ६–१ र ६–४ अङ्कको सोझो सेटमा पराजित गरेका हुन् । ‘ब्वाइज डबल्स’ मा सिर्जन भट्टराईसँगको ‘पार्टनरसीप’मा दर्शिल जोडीले प्रफुल्ल श्रेष्ठ र स्पन्दन उदासको जोडीलाई प्रतिस्पर्धात्मक खेलमा ६–०, ५–७ र १०–४ अङ्कले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भए ।

यसैगरी साराले १४ वर्षमुनि महिला एकलतर्फको प्रतिस्पर्धामा आर्य पौडेलसँगको फाइनल खेलमा ६–१ र ६–४ अङ्कको नतिजा निकालिन् । साराले १२ वर्षमुनिको फाइनलमा स्वरा थापालाई ६–२ र ६–३ अङ्कले पराजित गर्दै दोहोरो जित निकालेकी हुन् ।

त्यसैगरी, १४ वर्षमुनिको ‘ब्वाइज सिङ्गल’तर्फ साङ्गे रोकायाले आसव सम्राट हाडालाई ६–४, ३–६ र १४–१२ अङ्कले पराजित गर्दै प्रथम हुन सफल भए ।

यसैगरी, १२ वर्षमुनिको ‘ब्वाइइज सिङ्गल’मा आरित मल्लले आर्यसराज पौडेललाई प्रतिस्पर्धात्मक खेलमा ३–६, ७–६ र १०–४ अङ्कले पराजित गर्दै प्रथम स्थान हासिल गरेका छन् ।

प्रतियोगिताको १६ वर्षमुनिको एकलतर्फ विजेताले नगद १५ हजार तथा उपविजेताले नगद सात हजार ५०० सहित मेडल प्राप्त गरे । चौध वर्षमुनिको एकल विजेताले नगद १० हजार तथा उपविजेताले नगद पाँच हजार रुपैयाँसहित मेडल प्राप्त गरे ।

यसैगरी, १२ वर्षमुनिको एकलतर्फ विजेताले नगद आठ हजार तथा उपविजेताले चार हजार रुपैयाँसहित मेडल प्राप्त गरेका छन् ।

प्रतियोगिताको आठ, नौ र दश वर्षमुनिको महिला तथा पुरुष एकल विजेता तथा उपविजेताले गिफ्ट ह्याम्पर तथा मेडल प्राप्त गरे ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ७ : २० बजे

कसरी टर्‍यो मेसी र रोनाल्डोबीचको क्वार्टरफाइनलमा हुन सक्ने भेट ?

काठमाडौँ – फुटबल इतिहासकै दुई महान् खेलाडी लियोनेल मेसी र

सिन्धुलीको मरिणमा परम्परागत रोपाइँ (तस्बिरहरू)

सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिकामा २० हल गोरु र रांगा जोतेर

थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक

दाङ– लुम्बिनी प्रदेश सरकारले थारू समुदायको आदिमकालीन प्रथा, परम्परा र

दही–चिउरा खाने पर्व असार १५ : भक्तपुरमा ‘जुजु धौ’ उत्पादनमा व्यस्त व्यवसायी (तस्बिरहरू)

भक्तपुर– दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ को अवसरमा

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट

चितवन– भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको