भेनेजुएलालीको डिपोर्ट रोक्न प्रशासनलाई अमेरिकी अदालतको आदेश « Khabarhub

भेनेजुएलालीको डिपोर्ट रोक्न प्रशासनलाई अमेरिकी अदालतको आदेश


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – ग्याङ सदस्यको आरोप लागेका भेनेजुएलालीको डिपोर्ट रोक्न अमेरिकाको सर्वोच्च अदालतले आदेश दिएको छ। स्वतन्त्र नागरिक समूहले यो डिपोर्ट रोक्न रिट दायर गरेका हुन्। पछिल्लो समय टेक्ससबाट डिपोर्ट भएपछि रिट हालिएको जनाइएको छ। कानुनी रूपले योग्य रहेकालाई नै डिपोर्ट गरिएको जनाइएको छ।

१९७८ एलिनियज इनिमी ऐन प्रयोग गर्दै ग्याङ सदस्यको आरोप लागेकालाई एल साल्भाडोरको यातना गृहमा पठाइएको छ। सो ऐन अनुसार शत्रु देशको नागरिक भएको आरोपलाई राष्ट्रपतिले शत्रु घोषणा गर्नसक्छ।

यसअघि सो ऐन तीन पटक प्रयोग भएको थियो। तीन पटक युद्धको समयमा ऐन प्रयोग भएको हो।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलीन लेभिटले भने प्रशासनले कानुन अनुसार नै सबै कुरा गरेको दाबी गरेकी छिन्। उनले सामाजिक सञ्जालमा लाखौँ अमेरिकीको जीवन जोखिममा पर्नेगरी हुने आतङ्कवादी गतिविधि रोक्नका लागि यो आवश्यक रहेको बताएका छन्।

यो ऐन दोस्रो विश्व युद्धको समयमा लगाइएको थियो। सो समयमा हजारौँ जापानी नागरिकलाई बिना प्रमाण देश फर्काइनुका साथै जेल चलान पनि गरिएको थियो। जनवरी महिनामा ट्रम्पले दोस्रो कार्यकालको सुरुवात गरेपछि अमेरिकामा धेरै कानुनी बाधा अड्चन आएका छन्।

ट्रम्पले भेनेजुएलाको ग्याङ ट्रेन्ड डे एरेजुआले अमेरिकी भूमिमा गलत गतिविधि गरिरहेको आरोप लगाएको छ। ८ अप्रिलमा एल साल्भाडोरमा डिपोर्ट भएका मध्य २६१ मध्य १३७ जना सोही ऐन अनुसार डिपोर्ट भएका थिए।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ८ : १० बजे

मीन विश्वकर्मा प्रतिनिधिसभा निर्वाचन नउठ्ने, भने-अब युवा पुस्ता आउनु पर्छ

काठमाडौं–  नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता मीन विश्वकर्माले आसन्न

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड

काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा

फ्लाइङ किस दिएर आफ्नै भाषामा बालेनको भाषण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मधेस पुगेर