प्रिमियरसीपमा तेस्रो र चौथो स्थानका लागि तीव्र प्रतिस्पर्धा « Khabarhub

प्रिमियरसीपमा तेस्रो र चौथो स्थानका लागि तीव्र प्रतिस्पर्धा


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्यानचेस्टर सिटीले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ।

शनिबार राति भएको खेलमा सिटीले एभरटनलाई २-० ले हराएको हो। अन्तिम समयसम्म गोलरहित अवस्थामा रहेको अवस्थामा ८४ औँ मिनेटमा निक ओ रेलीले गोल गरे। यसैगरी, इन्जुरी समयमा मेटो कोभासेकले गोल गरे।

न्यु क्यासल भने अस्टन भिल्लासँग ४-१ ले पराजित भयो। ओली वाटकिन्सनले ३४ औँ सेकेन्डमा गोल गर्दै अस्टन भिल्लालाई अग्रता दिलाएका थिए। १८ औँ मिनेटमा न्यु क्यासलका लागि स्कारले गोल गरेका थिए।

६४ औँ मिनेटमा इयान माटसेनले वाटकिनको सहयोगमा गोल गर्दै भिल्लालाई जित दिलाए। ७३ औँ मिनेटमा ज्याकोब राम्सीको क्रस रोक्ने क्रममा डान बर्मले आत्मघाती गोल गरे। अमाडाउ ओनारियोले भिल्लाका लागि अन्तिम गोल गरे।

प्रिमियर सिपका अन्य खेलमा ब्रैन्टफोर्डले ब्रिङटनलाई ४-२ ले हरायो। क्रिस्टल प्यालेस र बोर्नमाउथबीच गोलरहित बराबरी भयो। वेस्ट हाम र साउथ हाम्टनबीच १-१ गोलको बराबरी भयो।

तालिकामा ३२ खेल खेलेका लिभरपुलको ७६ तथा आर्सनलको ६३ अङ्क छ। पराजयका बाबजुद ३३ खेल खेलेका न्यु क्यासलको ५९ अङ्क तथा सिटीको ५८ अङ्क छ।

३२ खेल खेलेको नटिङघम फरेस्टको ५७ तथा ३३ खेल खेलेको भिल्लाको पनि ५७ अङ्क छ। ३२ खेल खेलेको चेल्सीको ५४ अङ्क छ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ८ : ४८ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल