एनआईसी एशिया बैंकको नाफा ९२ प्रतिशतले घट्यो « Khabarhub

एनआईसी एशिया बैंकको नाफा ९२ प्रतिशतले घट्यो


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । 

बैङ्कहरूले सार्वजनिक गरेको अपरिकृत वित्तीय विवरण अनुसार सबैभन्दा बढी नाफा घट्नेमा एनआईसी  एशिया बैंक रहेको छ । उक्त बैंकले गत वर्षको त्रैमासको तुलनामा ९१.८१ प्रतिशतले खुद नाफा घटेको छ । 

बैंकले चैत मासान्तसम्ममा १५ करोड ६७ लाख ७५ हजार रुपैयाँ खुद नाफा गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ९२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ९१ करोड ४८ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको थियो । 

बैंकको खुद ब्याज आम्दानी, सञ्चालन नाफा र खराब कर्जा बढेका कारण खुद नाफा घटेको देखिन्छ । 

बैंकको उक्त अवधिमा खुद ब्याज आम्दानी २.७६ प्रतिशतले घटेर ७ अर्ब ९६ करोड २५ लाख १९ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा ६४.४० प्रतिशतले घटेर १ अर्ब २९ करोड ५ लाख ९ हजार रुपैयाँमा पुगेको छ । 

बैंकको खराब कर्जा ०.१६ प्रतिशतले बढेर १.९२ प्रतिशतलेमा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १९९.३ रुपैयाँ छ भने प्रतिशेयर आम्दानी १५.८८ रुपैयाँले घटेर १ रुपैयाँ ४१ पैसामा पुगेको छ । 

बैंकको घाटा बढ्नुको ९ वटा कारण रहेको बैंकले जनाएको छ । जसमा आन्तरिक रूपमा ३ वटा कारण बढ्दो निष्क्रिय कर्जा, बढ्दो सञ्चालन लागत र गैर बैंकि सम्पत्तिको बिक्रीमा ढिलाइ भएको बैंकले जनाएको छ । 

बाह्य कारणको रूपमा बैंकले ६ वटा कारण देखाएको छ । जसमा पूर्वी युरोप तथा मध्य पूर्वमा देखा परेको द्वन्द्वका कारण विश्व अर्थतन्त्रमा आएको मन्दी, राजश्व आम्दानी र विकास खर्चमा कमी, न्यून कर्जा माग, खस्कँदो ब्याजदर अन्तर, बढ्दो प्रतिस्पर्धात्मक वातावरण र बढ्दो सुचना प्रविधि चुनौती बैंकले औँल्याएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  २ : ०२ बजे

फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प

एजेन्सी– फिलिपिन्सको मध्य भागमा पर्ने समर टापु सोमबार शक्तिशाली भूकम्पले

कार्यान्वयनयोग्य आयोजना प्रस्ताव गर्न आग्रह

कर्णाली– कर्णाली प्रदेश सरकारले कार्यान्वयनयोग्य  आयोजना तथा कार्यक्रम प्रस्ताव गरेर

नक्कली सुकुम्वासीलाई कारबाही गर्न हर्क साम्पाङको माग

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नक्कली सुकुम्वासीको पहिचान

प्रहरीको सरुवा बढुवालाई निष्पक्ष बनाउन गृहसचिव श्रेष्ठको निर्देशन

काठमाडौं– गृहसचिव राजकुमार श्रेष्ठले सङ्गठनभित्र पेसागत दक्षता, क्षमतालाई अभिवृद्धि गर्दै

क्षेत्रीय शान्तिका लागि इरानको प्रस्तावमा कूटनीतिक छलफल तीव्र

तेहरान– इरानले आफ्नो १४ बुँदे युद्ध अन्त्यसम्बन्धी प्रस्तावमा संयुक्त राज्य