एनआईसी एशिया बैंकको नाफा ९२ प्रतिशतले घट्यो | Khabarhub Khabarhub

एनआईसी एशिया बैंकको नाफा ९२ प्रतिशतले घट्यो


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । 

बैङ्कहरूले सार्वजनिक गरेको अपरिकृत वित्तीय विवरण अनुसार सबैभन्दा बढी नाफा घट्नेमा एनआईसी  एशिया बैंक रहेको छ । उक्त बैंकले गत वर्षको त्रैमासको तुलनामा ९१.८१ प्रतिशतले खुद नाफा घटेको छ । 

बैंकले चैत मासान्तसम्ममा १५ करोड ६७ लाख ७५ हजार रुपैयाँ खुद नाफा गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ९२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ९१ करोड ४८ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको थियो । 

बैंकको खुद ब्याज आम्दानी, सञ्चालन नाफा र खराब कर्जा बढेका कारण खुद नाफा घटेको देखिन्छ । 

बैंकको उक्त अवधिमा खुद ब्याज आम्दानी २.७६ प्रतिशतले घटेर ७ अर्ब ९६ करोड २५ लाख १९ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा ६४.४० प्रतिशतले घटेर १ अर्ब २९ करोड ५ लाख ९ हजार रुपैयाँमा पुगेको छ । 

बैंकको खराब कर्जा ०.१६ प्रतिशतले बढेर १.९२ प्रतिशतलेमा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १९९.३ रुपैयाँ छ भने प्रतिशेयर आम्दानी १५.८८ रुपैयाँले घटेर १ रुपैयाँ ४१ पैसामा पुगेको छ । 

बैंकको घाटा बढ्नुको ९ वटा कारण रहेको बैंकले जनाएको छ । जसमा आन्तरिक रूपमा ३ वटा कारण बढ्दो निष्क्रिय कर्जा, बढ्दो सञ्चालन लागत र गैर बैंकि सम्पत्तिको बिक्रीमा ढिलाइ भएको बैंकले जनाएको छ । 

बाह्य कारणको रूपमा बैंकले ६ वटा कारण देखाएको छ । जसमा पूर्वी युरोप तथा मध्य पूर्वमा देखा परेको द्वन्द्वका कारण विश्व अर्थतन्त्रमा आएको मन्दी, राजश्व आम्दानी र विकास खर्चमा कमी, न्यून कर्जा माग, खस्कँदो ब्याजदर अन्तर, बढ्दो प्रतिस्पर्धात्मक वातावरण र बढ्दो सुचना प्रविधि चुनौती बैंकले औँल्याएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  २ : ०२ बजे

लहान नगरपालिकाद्वारा विपन्न दलित समुदायलाई सहयोग

सिरहा– लहान नगरपालिका–१५ स्थित लङ्ग्राहा मुसहरी टोलका शिवशङ्कर सदायका बाबुआमाको एक

अलैँचीको मूल्य पाउँदा किसान उत्साहित

फुङ्लिङ– ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् ।  टिपाइको मुख्य

गर्भवतीको समयमै हवाई उद्धार हुँदा …

खाँदबारी– सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि सङ्खुवासभाको मकालु

कीर्तिपुर क्रिकेट मैदानको काम धमाधम, फ्लडलाइटको ६ वटै पोल उठाइयो (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम अहिले धमाधम भइरहेको छ

नर्भिकले बढायो नर्सहरूको तलब 

काठमाडौं– नर्भिक इन्टरनेसनल अस्पतालले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको