जुम्ला पुगेर खानेपानी मन्त्रीले भने- खानेपानीसहित विविध समस्या समाधान गर्छु « Khabarhub

जुम्ला पुगेर खानेपानी मन्त्रीले भने- खानेपानीसहित विविध समस्या समाधान गर्छु


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

जुम्ला– खानेपानीमन्त्री प्रदीप यादवले जिल्लामा निर्माणधीन खानेपानी आयोजनाको अनुगमन गरेका छन् । शनिबार जुम्ला पुगेका उनले तातोपानी गाउँपालिका–१ मा निर्माणाधीन धौलिगाड खानेपानी आयोजनाको अवलोकन गरेका हुन् ।

आयोजना अनुगमनपछि सञ्चारकर्मीसँगको छलफलमा मन्त्री यादवले कर्णाली प्रदेशका दुर्गम जिल्लासहित जुम्लाका स्थानीयले वर्षौँदेखि भोग्दै आएका खानेपानीसहित विविध समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘यहाँका विद्यमान समस्याका बारेमा प्रत्यक्ष जानकारी लिने अवसर पाएँ । ती समस्या समाधान गर्न योजनाबद्ध रूपमा काम गर्दै जानेछौँ’, उनले भने । 

 जिल्लाको हिमा गाउँपालिका–१ देवारगाउँमा आज आयोजना हुने बास सम्मेलनमा सहभागिता जनाउन, यहाँको खानेपानीसम्बन्धी समस्या बुझेर समाधानका उपाय पहिचान गर्न मन्त्री यादवसहित मन्त्रालयका सचिव इञ्जिनीयर प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनीयर रामकुमार श्रेष्ठलगायत मन्त्रालयका कर्मचारी यहाँ पुगेका हुन् । उक्त टोलीले मुलुकको पहिलो कर्णाली प्राविधिक शिक्षालय जुम्लाको अवलोकन समेत गरेका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  २ : ५१ बजे

निर्वाचन ४२ दिन बाँकीः पार्टीका उम्मेदवारमा दलितको प्रतिनिधित्व कति ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ