घट्दै छ याकको सङ्ख्या : मन्त्रीले भने- चौँरी पालनका लागि सङ्गठित प्रयास आवश्यक « Khabarhub

घट्दै छ याकको सङ्ख्या : मन्त्रीले भने- चौँरी पालनका लागि सङ्गठित प्रयास आवश्यक


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा याक चौँरीको सङ्ख्या घट्दो क्रममा रहेकाले याक चौँरी पालनका लागि सङ्गठित प्रयास आवश्यक रहेको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बताएका छन् ।

भौगोलिक चुनौती, बसाइँसराइ, चरन क्षेत्रको अभाव, प्रजननसम्बन्धी समस्या, जङ्गली जनावरको आक्रमण, जलवायु परिवर्तन जस्ता कारणले याकको सङ्ख्या घट्दै गएको मन्त्री अधिकारीले बताए । मन्त्री अधिकारीले हिमाली जनजीवनको अविभाज्य अङ्ग बनेका याक चौँरीलाई संरक्षण, सुधार र व्यावसायिक रूपान्तरणमार्फत नव जीवन दिनु हाम्रो साझा उत्तरदायित्व भएको बताए ।

याकपालनले हिमाली समुदायको आयआर्जन, खाद्य र पोषण सुरक्षा, प्राङ्गारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको बताए ।

प्रथम राष्ट्रिय याक दिवसका अवसरमा मन्त्रालयले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले याक चौँरीको संरक्षण र दिगो उपयोगमार्फत हिमाली क्षेत्रको खाद्य सुरक्षा, जलवायु अनुकूलन, जैविक विविधताको संरक्षण र ग्रामीण जीवनशैलीको सशक्तीकरण नै अबकोे साझा लक्ष्य रहेको मन्त्री अधिकारीले उल्लेख गरे ।

मन्त्रालयको अग्रसरतामा सरकारले याक र चौँरीको महत्वलाई आत्मसात गर्दै प्रत्येक वैशाख ७ गते राष्ट्रिय याक दिवसका रुपमा मनाउने निर्णय गरेको उल्लेख गर्दे मन्त्री अधिकारीले याकको संरक्षण एवं प्रवर्द्धनका लागि सोलुखुम्बुको स्याङ्बोचेमा याक आनुवांशिक स्रोत केन्द्र सञ्चालन ल्याइएको बताए ।

केन्द्रले याकको शुद्ध नस्ल संरक्षण, आनुवंशिक सुधार, प्रविधि विस्तार र प्रसारमा महत्वपूर्ण कामको सुरुवात गरेको बताए । उनले आगामी दिनमा याक चौँरीको दिगो विकास सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

‘याक चौँरी प्रवर्द्धनः हिमाली जीवन, संस्कृति र पर्यावरण संरक्षण’ भन्ने मूल नाराका साथ पहिलो पटक याक दिवस मनाइएको हो । राष्ट्रिय याक दिवसका अवसरमा याकपालक कृषकलाई पनि सम्मान गरिएको छ । याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । नेपालमा मात्र उत्पादन हुने विश्व प्रसिद्ध याक चिज ‘ओमेगा–३ फ्याटी एसिड’ को स्रोत रहेको छ ।

याकको दूधबाट बनेको छुर्पी हिमाली क्षेत्रका किसानको आम्दानीको प्रमुख स्रोतका रुपमा रहेको छ । हिमाली क्षेत्रको सभ्यताका रुपमा समेत याक रहेको संरक्षणकर्मीको भनाइ छ । याकको छाला र पुच्छरबाट बन्ने वस्तु निर्यातको प्रचुर सम्भावना बोकेका उत्पादन हुन् ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ४ : ३२ बजे

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते