जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष यादव ठगी आरोपमा पक्राउ « Khabarhub

जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष यादव ठगी आरोपमा पक्राउ


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

उनलाई सप्तरीको राजविराजबाट पक्राउ गरिएको हो ।  जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । 

ललितपुर प्रहरीमा उनीविरुद्ध  ठगी र आपराधिक विश्वासघात विरुद्धको जाहेरी दर्ता भएको छ । उनलाई अनुसन्धानका लागि ललितपुर पठाइने डिएसपी बस्नेतले जानकारी दिए । 

यादवले आफ्नै साथीसँग विभिन्न प्रकारको लोभ देखाइ पैसा ठगी र विश्वासघात गरेको भन्ने बुझिएको छ ।

कारबाही

जनमत पार्टीमा आर्थिक विवादलाई लिएर कोषाध्यक्ष यादव गत फागुन २४ मै कारबाहीमा परेका थिए । हिसाबकिताबको विवाद चर्किएपछि अध्यक्ष डा. सीके राउतले कोषाध्यक्ष यादवलाई कारबाही गरेका थिए ।

कोषाध्यक्ष यादवलाई ११ फागुनमा स्पष्टीकरण सोधिएको थियो। आर्थिक पारदर्शिता नभएको भन्दै विभिन्न चारवटा आरोपसहित स्पष्टीकरण सोधिएको थियो। स्पष्टकीरणको जवाफ नदिँदै कोषाध्यक्ष यादव कारबाहीमा परेका थिए ।

कोषाध्यक्ष यादवमाथि चन्दा उठाएर व्यक्तिगत लाभ लिएको आरोप थियो । उनले कार्यकर्ताबाट उठाएको लेबीबाट काठमाडौंमा घर खरिददेखि जनकपुरमा व्यवसाय गरेको पनि आरोप थियो ।

तर उनले भने आफूले पार्टीमा ५ करोडसम्म लगानी गरेकाले हिसाब मागेपछि कारबाही गरिएको बताएका थिए । उनले त्यसबेला हिसाब मागेकै रिसमा केन्द्रीय समितिको बैठक नराखी कारबाही गरिएको बताएका थिए ।

यादवमाथि गुटबन्दी गरेको, पार्टी विभाजन गराउने खेलमा लागेको आरोप पनि थियो । पार्टीको अनुशासन समितिले कोषाध्यक्ष यादवलाई सोधेको स्पष्टीकरणमा पार्टी विभाजनका लागि चलखेल गरेको उल्लेख थियो। त्यसबेला समितिले अनुशासन समितिका संयोजक दीपक साहलाई पनि कारबाही गरिएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ५ : ०७ बजे

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन