रिहा भए राप्रपा अध्यक्ष लिङ्देनसहितका राप्रपा नेताहरू « Khabarhub

रिहा भए राप्रपा अध्यक्ष लिङ्देनसहितका राप्रपा नेताहरू


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

 आइतबार भएको प्रदर्शनका क्रममा सिंहदरबारबाटै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा भएका छन् ।

आइतबारको प्रदर्शनपछि बसेको राप्रपा केन्द्रीय कार्यसम्पदान समितिको बैठकले सरकारको कदमको निन्दा गरेलगत्तै नेता-कार्यकर्ता रिहा भएका हुन् ।

आइतबार दिउँसो सिंहदरबार परिसर र सडकबाट पक्राउ परेका अध्यक्ष लिङ्देनसहित सबै नेता-कार्यकर्ताहरू रिहा भएका हुन् ।

लिङ्देनका सचिवालय सदस्य छत्र कठायतले खबरहबसँग भने, ‘ आज पक्राउ पर्नुभएका सबै नेता-कार्यकर्ता विनाशर्त रिहा हुनुभएको छ ।’

प्रहरीले सिंहदरबारबाट राप्रपा अध्यक्ष लिङ्देन, वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई पक्राउ गरेको थियो । पार्टी प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पनि पक्राउ परेका थिए । उनीहरू सबैजना रिहा भएका हुन् ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ६ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै