इतिहासको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ, संस्कृति छोड्नै नहुने पक्ष हो : प्रधानमन्त्री ओली « Khabarhub

इतिहासको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ, संस्कृति छोड्नै नहुने पक्ष हो : प्रधानमन्त्री ओली


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति छोड्नै नहुने महत्त्वपूर्ण पक्ष भएकाले त्यससम्बन्धी इतिहासको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘रासस फोटो किताब : गणतन्त्रको १६ वर्ष’ कार्यक्रमका क्रममा प्रधानमन्त्री ओलीले मानिसले ज्ञानको खोजी र मनोरञ्जनका क्रममा संस्कृतिलाई अपनाउने गरेको बताए ।

‘संस्कृति हामीले छोड्नै नहुने कुरा हो, यसको सन्तुलित अर्थ बुझेमा आफू र आफ्नो इतिहासलाई बुझाउन सहयोग गर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘सन्तुलित अर्थ बुझेर आफू र आफ्नो इतिहास बुझाउन पनि सहयोग गर्छ ।’

उहाँले राससको यस प्रकारको प्रयास सराहनीय एवं प्रशंसायोग्य रहेको प्रतिक्रिया दिनुभयो । प्रधानमन्त्री ओलीले भने, ‘मानिसले ज्ञानको खोजी र मनोरञ्जनका क्रममा संस्कृतिलाई अपनाएको हुन्छ, दुःखमा परेका बेला पनि मानिसले संस्कृतिका माध्यमबाट मनोरञ्जनको सहयोग लिएर बाँचेको हुन्छ ।’

त्यस अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले लोकतन्त्र र गणतन्त्र दिवसका उपलक्ष्यमा मुलुकको संस्कृति, कला तथा विकास र पूर्वाधार शीर्षकमा दुई वर्ष गरेको प्रदर्शनीमा राखिएको तस्बिर समेटेर समितिले फोटो पुस्तक प्रकाशित गरेको जानकारी गराए ।

गणतन्त्र स्थापनापछिका १६ वर्षमा भएका प्रगति र उपलब्धिलाई तस्बिरमा प्रस्तुत गरिएको जानकारी दिँदै कार्यकारी अध्यक्ष झाले देशमा केही पनि भएको छैन भन्नेहरूका लागि पुस्तक गतिलो जवाफ भएको बताए ।   

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ६ : ३८ बजे

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन