कमिसनको खेलमा विकासिय योजनाका चिट्ठी बिक्री भएको भन्दै शिक्षा विकास कार्यालय सप्तरीमा तालाबन्दी « Khabarhub

कमिसनको खेलमा विकासिय योजनाका चिट्ठी बिक्री भएको भन्दै शिक्षा विकास कार्यालय सप्तरीमा तालाबन्दी


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– योजनाको चिट्ठी सम्बन्धित वडा कार्यालयमा नपुगेको भन्दै शिक्षा विकास कार्यालय सप्तरीमा तालाबन्दी गरिएको छ ।

जिल्लास्थित विद्यालयहरूको शिक्षा विकास तथा भौतिक निर्माण कार्यका लागि मधेश प्रदेशबाट पठाइएको चिठ्ठीहरू अझै वडा कार्यालयसम्म नपुगेको भन्दै विभिन्न पार्टीका नेता कार्यकलाहरूले शिक्षा विकास कार्यालयमा तालाबन्दी गरेका हुन् । 

विकासिय योजनाका चिठ्ठीहरू सम्बन्धित वडा कार्यालयमा पुग्नु अगावै प्रदेशको राजधानी जनकपुरबाटै कमिसन लिएर बिक्री गरिएको विरोधमा तालाबन्दी गरिएको नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिव तुलसी थारूले बताए । 

चौधरीले भने, ‘अधिकांश विकासीय योजनाका चिठ्ठीहरू प्रदेश राजधानी जनकपुरमै कमिसन लिई बिक्री गरेको तथा बाँकी रहेका चिठीहरू व्यक्ति व्यक्तिहरूले कमिसन लिएर बेच्ने गरेको थाहा पाएपछि तालाबन्दी गर्न बाध्य भयौँ ।’ 

थारू कल्याणकारिणी सभाका जिल्ला सचिव मिलन लेखीले विद्यालय जस्तो संवेदनशिल क्षेत्रमा समेत राजनीतिकरणका कारण शिक्षाको स्तर घट्दै गएको र त्यसको बाधक राजनीतिक दल नै रहेकोले बाध्य भएर तालाबन्दी गर्नु परेको बताए । प्रदेश सरकारबाट आएको बजेट समयमै सदुपयोग नहुने आशंका बढेकोले यसप्रतिलाई गम्भीर हुन उनले आग्रह गरे ।

यसअघि चैत २९ मा खेलकुद तथा समाज कल्याण मन्त्रालयद्वारा सामाजिक विकास एकाइ कार्यालयमा पठाइएको विभिन्न योजनाका अधिकांश चिठी कार्यालय प्रमुख शुशिल झाले जनकपुरमै कमिसन लिई बिक्री गरेको आरोप लगाउँदै जनमत पार्टीका संसदीय दलका नेता एवं पूर्व मन्त्री महेशप्रसाद यादवको अगुवाइमा सामाजिक विकास एकाइ कार्यालय सप्तरीमा तालाबन्दी गरेका थिए । 

प्रदेश सरकारबाट बुझेका योजनाका चिठ्ठीहरू कार्यालयबाट नभई बाटो बाटै बिक्री गर्नु गलत भएको जिकिर गर्दै नेता यादवले कार्यालय प्रमुखले बदमासी गर्ने तर योजना बिक्रीको आरोप सांसदहरूले खेप्नु परिरहेकोले योजनाका चिठ्ठीहरूको वितरण सम्बन्धित कार्यालयबाटै हुनुपर्ने माग गरेका थिए । 

आज कार्यालयले भएको गल्ती सुधार गर्ने लिखित सम्झौता गरेपछि तला आजै खोलेको बताउँदै उनले भने,‘ आज अर्को कार्यालयमा पनि तालाबन्दी गरिएको भन्ने जानकारी आएको छ । यो सबैले सरकारको कमजोरी प्रस्ट रूपमा दर्साउँछ । हामीले दलको बैठक बसेर हाम्रै पार्टीबाट मुख्यमन्त्री रहेका शतीस सिंहसँग यी सबै विषयमा लिखितरुपमा जानकारी समेत मागिसकेका छौ ।’

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ६ : ५४ बजे

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन