सबल अर्थतन्त्र निर्माण गर्नेतर्फ आगामी बजेटको तयारी : अर्थमन्त्री
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सबल अर्थतन्त्र निर्माण गर्ने उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा राष्ट्रिय योजना आयोगले तयार गरेको आर्थिक वर्ष २०८२/०८३ को प्रस्तावित बजेट तथा नीति तथा कार्यक्रमसम्बन्धी प्रतिवेदन बुझ्दै पौडेलले अहिले मुलुकको आर्थिक अवस्था लयमा फर्किन थालेको भन्दै सबल अर्थतन्त्र निर्माण गर्ने उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको बताएका हुन् ।
मौरीपालक किसानको सङ्ख्या बढ्यो, उत्पादन घट्यो
विद्युत् सेवा पटकपटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब लगानी आवश्यक पर्ने
दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब लगानी आवश्यक पर्ने- दिगो विकास लक्ष्य कार्यान्वयनका लागि २११ खर्ब ६५ अर्ब रुपैयाँ लगानी आवश्यक भएको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

आयोगले आज ‘दिगो विकास लक्ष्य: आवश्यकता पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति, २०८१’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२४ देखि २०३० सम्ममा वार्षिक औसत ३० खर्ब २३ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने जनाएको हो ।
दिगो विकास लक्ष्यमध्ये कुल लगानी आवश्यकताको सबैभन्दा ठूलो हिस्सा लक्ष्य–९ को कार्यान्वयनका लागि आवश्यक पर्ने आयोगले जनाएको छ ।
दिगो विकास लक्ष्य–९ उद्योग, नवीन खोज र पूर्वाधार क्षेत्रसँग सम्बन्धित छ । यस क्षेत्रमा कुल लगानीको २४ प्रतिशत लगानी आवश्यक पर्ने जनाइएको छ ।
त्यसैगरी, लक्ष्य–७ अर्थात् स्वच्छ ऊर्जाका क्षेत्रमा कूल लगानीको १२ प्रतिशत र लक्ष्य–१ अर्थात् गरिबी अन्त्यका लागि ११ प्रतिशत लगानी चाहिने आयोगको अनुमान छ ।
दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि २०२४ देखि २०३० सम्म औसतमा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ दशमलव चार प्रतिशत लगानी आवश्यक हुने अनुमान गरिएको छ ।
दुई दशकपछि सडक स्तरोन्नति, स्थानीय खुसी
काभ्रे बाढीपहिरो : सात महिनापछि निजी आवासको क्षति आकलन सुरु
नेप्से परिसूचक दोहोरो अङ्कले घट्दा : आठ अर्ब ४३ करोड बढीको कारोबार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आइतबार परिसूचक १६ दशमलव ६८ अङ्कले घटेर दुई हजार ७०६ दशमलव ०४ को विन्दुमा कायम भएको हो ।

आज तीन सय २८ कम्पनीको दुई करोड १३ लाख २३ हजार नौ सय ६७ कित्ता शेयर ७४ हजार ४५ पटक खरिदबिक्री हुँदा आठ अर्ब ४३ करोड ३५ लाख ८९ हजार सात सय ८५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
एनआईसी एशिया बैंकको नाफा ९२ प्रतिशतले घट्यो
नेपाल बैंकको नाफा २०३२ प्रतिशतले बढ्यो
गैरआवासीय नेपालीलाई उद्योग वाणिज्य महासङ्घको अनुरोध- आम्दानीको केही प्रतिशत मातृभूमिमा लगाउनुस्

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश मातृभूमिको विकासका निम्ति लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैरआवासीय नेपालीहरूलाई आग्रह गरेका छन् ।
नेपाली जनसम्पर्क समिति युएईद्वारा शनिबार साँझ अबुधाबीमा आयोजित एक कार्यक्रममा उनले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र धेरै क्षेत्रहरूमा लगानी गरी राम्रो प्रतिफल लिन सकिने बताए ।
यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन
चीनको विद्युत् उत्पादन क्षमता १४.६ प्रतिशतले बढ्यो

चीनको कुल विद्युत् उत्पादन क्षमता चालु वर्षको सन् २०२५ मार्चको अन्त्यसम्ममा अन्त्यसम्म तीन अर्ब ४३ करोड किलोवाट पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.६ प्रतिशतले बढी हो।
राष्ट्रिय ऊर्जा प्रशासनका अनुसार सौर्य ऊर्जाबाट उत्पादन हुने क्षमता ९५ करोड किलोवाट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४३.४ प्रतिशतले वृद्धि भएको हो।
प्रतिक्रिया