डिजिटल कर्णालीको दोस्रो संस्करण हुँदै « Khabarhub

डिजिटल कर्णालीको दोस्रो संस्करण हुँदै


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशमा डिजिटल कर्णालीको दोस्रो संस्करण हुने भएको छ । यही वैशाख ९ र १० गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दोस्रो संस्करणको डिजिटल कर्णाली ‘कन्क्लेभ’ आयोजना गर्न लागिएको हो ।

कर्णाली प्रदेश सरकार र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा डिजिटल नेपाल कन्क्लेभ २०२५ हुन लागेको र वीरेन्द्रनगरको शुभ होटेलमा संचालन गरिने डिजिटल कर्णाली कन्क्लेभमा दशभन्दा धेरै सेसनहरू सञ्चालन हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पुष्पराज शाहीले बताए ।‘

कन्क्लेभमा डिजिटल कर्णालीको हालको अवस्था, अवसर, सम्भावना र चुनौतीका विषयमा वृहत् छलफल हुनेछ,’ उनले भने ।

‘इम्पावारिङ द फ्युचरः इन्नोभेसन, कनेक्टिभिटी एण्ड सस्टेनवलिटी’ मुख्य विषयमा केन्द्रित हुने कन्क्लेभमा विभिन्न ३ किनोट प्रस्तुति हुने आइसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले बताए । ‘५० जना बढी विज्ञ वक्ता सहभागिता हुने कन्क्लेभमा ४ सय बढीको सहभागिता हुनेछ,’ उनले भने,‘नयाँ प्रविधिको विषयमा ज्ञान आदानप्रदान हुनेछ ।’

कर्णालीलाई डिजिटल प्रदेश बनाउने भन्दै गत वर्षदेखि सुरु भएको हुँदै आएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ७ : २४ बजे

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन