प्रहरीकै जागिरको जाँचमा पनि नक्कली परीक्षार्थी, सातजना पुगे हिरासतमा « Khabarhub

प्रहरीकै जागिरको जाँचमा पनि नक्कली परीक्षार्थी, सातजना पुगे हिरासतमा


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तपाईं हामी धेरैले एसईई, उच्च माध्यमिक शिक्षा परिषद् त्रिभुवन विश्वविद्यालयका कतिपय परीक्षामा चिटिङ हुने गरेको सुन्दै आएका छौँ ।

खासगरी तराई-मधेशका जिल्लामा चिटिङको अवस्था भयानक छ । प्रहरीसँगै झगडा गर्दै झ्याल-झ्यालमा चिट ओसार्नेको जुलुस नै देखिन्छ ।

यो त विद्यालय र विश्वविद्यालयको कुरा भयो । तर कानुन कार्यान्वयन गर्ने जिम्मेवारी पाएको प्रहरीकै परीक्षा पनि अर्कै व्यक्तिले दिने आँट गरेको सुन्दा अनौठो लाग्न सक्छ ।

यस्तै आँट शनिबार लिइएको प्रहरी जवान परीक्षामा भएको छ। प्रहरी जवानको सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौंको एकै सेन्टरबाट ६ जनालाई पक्राउ गरेको छ। काठमाडौंको मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालय सेन्टरबाट अर्कैको नामबाट परीक्षा दिने ६ जना पक्राउ परेका हुन् ।

प्रहरीले पोखराबाट पनि अर्का एकजना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । प्रहरी जवानको लिखित परीक्षा अर्कै नाममा जाँच दिन खटिएका सातजना हिरासतमा पुगेका हु्न् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी अपीलराज बोहोराका अनुसार रत्नराज्यबाट दोलखाको जिरी नगरपालिका- ९ घर भई बालाजु बस्ने २३वर्षीय मोहन सुनुवार, कालिकोटको शुभकालिका गाउँपालिका- ७ घर भई लैनचौर बस्ने २४ वर्षका गोपाल शाही र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-५ घर भई हाल माछापोखरी बस्ने २२ वर्षीय मनोज शर्मा छन् ।

त्यसैगरि रत्नराज्यबाटै दैलेखको भैरवी गाउँपालिका- ५ घर भई नयाँबानेश्वर बस्मे २२ वर्षीय आकाश खड्का, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ घर भई माछापोखरी बस्ने २० वर्षीय उमेश शर्मा र जुम्लाको तिला गाउँपालिका- २ घर भई बालाजु बस्ने २२ वर्षीय मीन रावल छन् ।

उता शनिबार नै पोखरा महानगरपालिका–७, पार्दीस्थित लोकसेवा आयोग परीक्षा भवनमा सञ्चालित परीक्षामा अर्काको नाममा जाँच दिइरहेकी एकजना पक्राउ परेकी छन् ।

दर्ता नं. ३३५९२ की परीक्षार्थी आरतीकुमारी मण्डलको नाममा अर्की व्यक्तिले परीक्षा दिइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय, बैदामबाट खटिएको प्रहरी टोलीले ज्ञानुता विश्वकर्मालाई पक्राउ गरेर हिरासतमा लिएको हो ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ८ : ०३ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज