प्रहरीकै जागिरको जाँचमा पनि नक्कली परीक्षार्थी, सातजना पुगे हिरासतमा « Khabarhub

प्रहरीकै जागिरको जाँचमा पनि नक्कली परीक्षार्थी, सातजना पुगे हिरासतमा


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तपाईं हामी धेरैले एसईई, उच्च माध्यमिक शिक्षा परिषद् त्रिभुवन विश्वविद्यालयका कतिपय परीक्षामा चिटिङ हुने गरेको सुन्दै आएका छौँ ।

खासगरी तराई-मधेशका जिल्लामा चिटिङको अवस्था भयानक छ । प्रहरीसँगै झगडा गर्दै झ्याल-झ्यालमा चिट ओसार्नेको जुलुस नै देखिन्छ ।

यो त विद्यालय र विश्वविद्यालयको कुरा भयो । तर कानुन कार्यान्वयन गर्ने जिम्मेवारी पाएको प्रहरीकै परीक्षा पनि अर्कै व्यक्तिले दिने आँट गरेको सुन्दा अनौठो लाग्न सक्छ ।

यस्तै आँट शनिबार लिइएको प्रहरी जवान परीक्षामा भएको छ। प्रहरी जवानको सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौंको एकै सेन्टरबाट ६ जनालाई पक्राउ गरेको छ। काठमाडौंको मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालय सेन्टरबाट अर्कैको नामबाट परीक्षा दिने ६ जना पक्राउ परेका हुन् ।

प्रहरीले पोखराबाट पनि अर्का एकजना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । प्रहरी जवानको लिखित परीक्षा अर्कै नाममा जाँच दिन खटिएका सातजना हिरासतमा पुगेका हु्न् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी अपीलराज बोहोराका अनुसार रत्नराज्यबाट दोलखाको जिरी नगरपालिका- ९ घर भई बालाजु बस्ने २३वर्षीय मोहन सुनुवार, कालिकोटको शुभकालिका गाउँपालिका- ७ घर भई लैनचौर बस्ने २४ वर्षका गोपाल शाही र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-५ घर भई हाल माछापोखरी बस्ने २२ वर्षीय मनोज शर्मा छन् ।

त्यसैगरि रत्नराज्यबाटै दैलेखको भैरवी गाउँपालिका- ५ घर भई नयाँबानेश्वर बस्मे २२ वर्षीय आकाश खड्का, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ घर भई माछापोखरी बस्ने २० वर्षीय उमेश शर्मा र जुम्लाको तिला गाउँपालिका- २ घर भई बालाजु बस्ने २२ वर्षीय मीन रावल छन् ।

उता शनिबार नै पोखरा महानगरपालिका–७, पार्दीस्थित लोकसेवा आयोग परीक्षा भवनमा सञ्चालित परीक्षामा अर्काको नाममा जाँच दिइरहेकी एकजना पक्राउ परेकी छन् ।

दर्ता नं. ३३५९२ की परीक्षार्थी आरतीकुमारी मण्डलको नाममा अर्की व्यक्तिले परीक्षा दिइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय, बैदामबाट खटिएको प्रहरी टोलीले ज्ञानुता विश्वकर्मालाई पक्राउ गरेर हिरासतमा लिएको हो ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ८ : ०३ बजे

साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : भूउपग्रहबाट यस्तो देखियो क्षति

रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

भन्सार छलीका ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ