रिहा भएपछि ज्ञानेन्द्र शाहीले भने : भ्रष्टाचारीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्न सफल भयौं « Khabarhub

रिहा भएपछि ज्ञानेन्द्र शाहीले भने : भ्रष्टाचारीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्न सफल भयौं


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्न सिंहदरबारभित्रै प्रदर्शन गरेको बताएका छन्।

राप्रपाले आइतबार आयोजना गरेको प्रदर्शनमा निषेधित क्षेत्र तोड्ने क्रममा सिंहदरबारबाट पक्राउ परेका शाहीलगायतका नेता साँझ रिहा भएका छन्। रिहा भएपछि उनले यस्तो बताएका हुन्।

‘आज राप्रपाको शक्ति प्रदर्शन होइन, हामीले शुभचिन्तक र राष्ट्रवादीहरूलाई आमन्त्रितसम्म गरेका थिएनौँ। आज त कसैलाई बोल्न नपाउने गरेर निषेधित क्षेत्र बनाउँदै जनताको मुख थुन्ने र भ्रष्टहरू रमाउने भ्रष्टाचारीहरूको अखडा सिंहदरबारभित्रै उनीहरूकै मुटुमा गएर ढ्याङ्ग्रो बजाउनुपर्ने थियो। त्यसैले हामीले सिंहदरबार भित्रै प्रदर्शन गरेका हौँ,’ शाहीले भनेका छन्।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ८ : ३२ बजे

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते