रिहा भएपछि ज्ञानेन्द्र शाहीले भने : भ्रष्टाचारीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्न सफल भयौं « Khabarhub

रिहा भएपछि ज्ञानेन्द्र शाहीले भने : भ्रष्टाचारीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्न सफल भयौं


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्न सिंहदरबारभित्रै प्रदर्शन गरेको बताएका छन्।

राप्रपाले आइतबार आयोजना गरेको प्रदर्शनमा निषेधित क्षेत्र तोड्ने क्रममा सिंहदरबारबाट पक्राउ परेका शाहीलगायतका नेता साँझ रिहा भएका छन्। रिहा भएपछि उनले यस्तो बताएका हुन्।

‘आज राप्रपाको शक्ति प्रदर्शन होइन, हामीले शुभचिन्तक र राष्ट्रवादीहरूलाई आमन्त्रितसम्म गरेका थिएनौँ। आज त कसैलाई बोल्न नपाउने गरेर निषेधित क्षेत्र बनाउँदै जनताको मुख थुन्ने र भ्रष्टहरू रमाउने भ्रष्टाचारीहरूको अखडा सिंहदरबारभित्रै उनीहरूकै मुटुमा गएर ढ्याङ्ग्रो बजाउनुपर्ने थियो। त्यसैले हामीले सिंहदरबार भित्रै प्रदर्शन गरेका हौँ,’ शाहीले भनेका छन्।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ८ : ३२ बजे

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका