आईपीएल : लखनउ बाहिरियो, हैदरावादको जितमा अभिषेकले बनाए १८ बलमा अर्धशतक « Khabarhub

आईपीएल : लखनउ बाहिरियो, हैदरावादको जितमा अभिषेकले बनाए १८ बलमा अर्धशतक


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्स पहिलो चरणबाट बाहिरिएको छ। सोमबार राति भएको खेलमा अभिषेक शर्माले १८ बलमा अर्धशतक प्रहार गरेपछि सनराइजर्स हैदरावादले लखनउलाई ६ विकेटले हराएको छ।

२०६ रनको लक्ष्य हैदरावादले चार विकेटको क्षतिमा १० बल बाँकी रहँदा पुरा गरेको हो। २० बलको सामना गर्दै चार चौका र ६ छक्का प्रहार गरेका अभिषेक ५९ रनमा आउट भए। हेन्रिक क्लासेनले २८ बलमा ४७ रन जोडे। लखनउका दिगवेश राठीले चार ओभरमा ३७ रन खर्चेर दुई विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले सात विकेटको क्षतिमा २०५ रन जोडेको थियो। सानदार सुरुवात गरेको लखनउका लागि मिचेल मार्स र आइडन म्याक्रमले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए। मार्सले ३९ बलमा ६५ तथा म्याक्रमले ३८ बलमा ६१ रन जोडे। निकोलास पुरणले २६ बलमा ४५ रनको योगदान गरे।

आईपीएलमा कलकता नाइट राइडर्स, लखनउ, हैदरावाद, राजस्थान रोयल्स र चेन्नई सुपर किङ्स पहिलो चरणबाट बाहिरिएका छन्।

गुजरात टाइटान, रोयल च्यालेन्जर बंगलोरु पन्जाब किङ प्ले अफमा प्रवेश गरिसकेका छन्। अझैसम्म मुम्बई इन्डियन र दिल्ली क्यापिटल प्ले अफ दौडको तीव्र प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ५ : ५७ बजे

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको

गल्लीगल्लीका ‘ग्याङ फाइट’ ले लिँदै छ ज्यान, भिडियो खिच्नेबाट प्रहरी हैरान

काठमाडौँ – प्रसङ्ग हो– जेठ ९ गते कैलालीमा भएको ग्याङफाइट

लेबनानमा आक्रमण: बालबालिकासहित ३१ जनाको मृत्यु

बेरुत – इजरायलले दक्षिणी र पूर्वी लेबनानमा आक्रमण तीव्र बनाएको

आईपीएल : इलिमिनेटरमा राजस्थान र हैदरावाद भिड्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज इलिमिनेटर खेल

नेपाल प्रेस युनियनले आज ३५औँ स्थापना दिवस मनाउँदै, विधान महाधिवेशनको आयोजना

काठमाडौँ– लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठन नेपाल प्रेस युनियनले आज देशभर