आईपीएल : लखनउ बाहिरियो, हैदरावादको जितमा अभिषेकले बनाए १८ बलमा अर्धशतक « Khabarhub

आईपीएल : लखनउ बाहिरियो, हैदरावादको जितमा अभिषेकले बनाए १८ बलमा अर्धशतक


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्स पहिलो चरणबाट बाहिरिएको छ। सोमबार राति भएको खेलमा अभिषेक शर्माले १८ बलमा अर्धशतक प्रहार गरेपछि सनराइजर्स हैदरावादले लखनउलाई ६ विकेटले हराएको छ।

२०६ रनको लक्ष्य हैदरावादले चार विकेटको क्षतिमा १० बल बाँकी रहँदा पुरा गरेको हो। २० बलको सामना गर्दै चार चौका र ६ छक्का प्रहार गरेका अभिषेक ५९ रनमा आउट भए। हेन्रिक क्लासेनले २८ बलमा ४७ रन जोडे। लखनउका दिगवेश राठीले चार ओभरमा ३७ रन खर्चेर दुई विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले सात विकेटको क्षतिमा २०५ रन जोडेको थियो। सानदार सुरुवात गरेको लखनउका लागि मिचेल मार्स र आइडन म्याक्रमले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए। मार्सले ३९ बलमा ६५ तथा म्याक्रमले ३८ बलमा ६१ रन जोडे। निकोलास पुरणले २६ बलमा ४५ रनको योगदान गरे।

आईपीएलमा कलकता नाइट राइडर्स, लखनउ, हैदरावाद, राजस्थान रोयल्स र चेन्नई सुपर किङ्स पहिलो चरणबाट बाहिरिएका छन्।

गुजरात टाइटान, रोयल च्यालेन्जर बंगलोरु पन्जाब किङ प्ले अफमा प्रवेश गरिसकेका छन्। अझैसम्म मुम्बई इन्डियन र दिल्ली क्यापिटल प्ले अफ दौडको तीव्र प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ५ : ५७ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी