पुटिनसँगको वार्तापछि ट्रम्पले भने : अब रुस-युक्रेन युद्ध अन्त्य हुन्छ | Khabarhub Khabarhub

पुटिनसँगको वार्तापछि ट्रम्पले भने : अब रुस-युक्रेन युद्ध अन्त्य हुन्छ


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तत्काल वार्ता हुने र युद्धको अन्त्य हुने घोषणा गरेका छन्।

रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँगको दुई घण्टा लामो फोन वार्तापछि ट्रम्पले सो कुरा बताएका हुन्। ट्रम्पले पुटिनसँगको वार्ता सौहार्दपूर्ण र सकारात्मक भएको भन्दै युद्ध अन्त्यका लागि सरोकारवाला दुई पक्षकै वार्ता आवश्यक रहेकोमा जोड दिएका छन्।

ट्रम्पसँगको कुराकानीमा पुटिनले भविष्यमा शान्ति स्थापना गर्नका लागि युक्रेनसँग वार्ता गर्न तयार भएको बताएका छन्। पुटिनले वार्ताको लागि तयार भएको बताए पनि युरोपेली देश र अमेरिकाले राखेको ३० दिने युद्ध विरामको प्रस्तावका बारे भने केही बोल्न चाहेनन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेको अवस्थामा सबै कुराको टुङ्गो नलगाई अमेरिका पछि हट्न नहुने कुरामा जोड दिएका छन्।

ट्रम्पले पुटिनसँगको वार्ता सकारात्मक भएको बताए पनि नयाँ खाका तथा युक्रेन रुस वार्ताको बारे भने केही भनेका छैनन्। जेलेन्स्कीले भने बारम्बार स्थायी शान्तिको प्रस्ताव राखेका छन्। रुसले यसलाई अटेर गरेमा कडा प्रतिबन्धको सामना गर्नुपर्ने कुरामा समेत जेलेन्स्कीले जोड दिएका छन्।

पुटिनसँग फोन वार्ता हुनु अघि ट्रम्पले जेलेन्स्कीसँग कुरा गर्दा युक्रेनको बारे कुनै निर्णय गर्नु सल्लाह गरेर गर्नुपर्ने बताएका थिए। जेलेन्स्कीले वार्तामा भएको सबै कुरा प्रस्तावको रूपमा आएपछि धारणा बनाउने बताए।

ट्रम्पले सामाजिक सञ्जालमा शान्तिको सम्भावना व्यक्त गर्दै निर्णायक वार्तामा अमेरिका र केही युरोपेली देश रहने बताएका छन्।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ६ : १२ बजे

जेनजी आन्दोलनमा भएको क्षतिको विवरण उपलब्ध गराउन आग्रह

काठमाडौं– सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी

सरकार र जेन-जी विद्रोहको अपहरणकर्ता

नेपालको नयाँ पुस्ताले भोगेको अन्याय, असमानता र राजनीतिक सिन्डिकेटविरुद्ध उठेको

मुग्लिन–पोखरा सडक अपाङ्गतामैत्री भएन

तनहुँ- विस्तारको अन्तिम चरणमा पुगेको मुग्लिन–पोखरा सडकखण्ड अपाङ्गतामैत्री नभएको अपाङ्गता

ताप्लेजुङको घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल

ताप्लेजुङ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा

प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य

हुम्ला– सिमकोट–नेपालगन्जको हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउनुपर्ने भन्दै