पुटिनसँगको वार्तापछि ट्रम्पले भने : अब रुस-युक्रेन युद्ध अन्त्य हुन्छ « Khabarhub

पुटिनसँगको वार्तापछि ट्रम्पले भने : अब रुस-युक्रेन युद्ध अन्त्य हुन्छ


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तत्काल वार्ता हुने र युद्धको अन्त्य हुने घोषणा गरेका छन्।

रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँगको दुई घण्टा लामो फोन वार्तापछि ट्रम्पले सो कुरा बताएका हुन्। ट्रम्पले पुटिनसँगको वार्ता सौहार्दपूर्ण र सकारात्मक भएको भन्दै युद्ध अन्त्यका लागि सरोकारवाला दुई पक्षकै वार्ता आवश्यक रहेकोमा जोड दिएका छन्।

ट्रम्पसँगको कुराकानीमा पुटिनले भविष्यमा शान्ति स्थापना गर्नका लागि युक्रेनसँग वार्ता गर्न तयार भएको बताएका छन्। पुटिनले वार्ताको लागि तयार भएको बताए पनि युरोपेली देश र अमेरिकाले राखेको ३० दिने युद्ध विरामको प्रस्तावका बारे भने केही बोल्न चाहेनन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेको अवस्थामा सबै कुराको टुङ्गो नलगाई अमेरिका पछि हट्न नहुने कुरामा जोड दिएका छन्।

ट्रम्पले पुटिनसँगको वार्ता सकारात्मक भएको बताए पनि नयाँ खाका तथा युक्रेन रुस वार्ताको बारे भने केही भनेका छैनन्। जेलेन्स्कीले भने बारम्बार स्थायी शान्तिको प्रस्ताव राखेका छन्। रुसले यसलाई अटेर गरेमा कडा प्रतिबन्धको सामना गर्नुपर्ने कुरामा समेत जेलेन्स्कीले जोड दिएका छन्।

पुटिनसँग फोन वार्ता हुनु अघि ट्रम्पले जेलेन्स्कीसँग कुरा गर्दा युक्रेनको बारे कुनै निर्णय गर्नु सल्लाह गरेर गर्नुपर्ने बताएका थिए। जेलेन्स्कीले वार्तामा भएको सबै कुरा प्रस्तावको रूपमा आएपछि धारणा बनाउने बताए।

ट्रम्पले सामाजिक सञ्जालमा शान्तिको सम्भावना व्यक्त गर्दै निर्णायक वार्तामा अमेरिका र केही युरोपेली देश रहने बताएका छन्।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ६ : १२ बजे

निर्वाचन सम्मुखमा छ, शान्तिपूर्ण वातावरणमा होली मनाऔँ : संयोजक दाहाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक निर्वाचनमा

लेबनानमा इजरायली आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु

बेरुत- इरानपछि इजरायलले लेबनानमा पनि बमबारी थालेको छ। समाचारअनुसार लेबनानमा

इरानको अडान : ‘अमेरिका फर्स्ट’को नारा ‘इजरायल फर्स्ट’ भइसक्यो, अब वार्ता हुँदैन

वासिङ्टन- इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीलेले अमेरिकासँग कुनै

सल्यानमा रास्वपाको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीबाट मदिरा र चामल नियन्त्रणमा 

सल्यान– सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारप्रसारमा संलग्न

सूर्यमा चित्त नबुझे तारामा भोट हाल्न एमाले नेताको आह्वान

काठमाडौं– नेकपा (एमाले)का नेता तथा गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर