सरकार इमानदार देखिएन, आन्दोलनलाई निम्ता दिन खोजियो : शिक्षक महासङ्घ « Khabarhub

सरकार इमानदार देखिएन, आन्दोलनलाई निम्ता दिन खोजियो : शिक्षक महासङ्घ


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल शिक्षक महासंघले शिक्षकहरुसँग भएको सहमतिप्रति राज्य पक्ष जिम्मेवार र इमानदार नदेखिएको टिप्पणी गरेको छ । 

महासंघले आज एक विज्ञप्ति जारी गरी विद्यालय शिक्षा विधेयकमा संशोधन गर्न शिक्षा समितिअन्तर्गत बनेको उपसमितिले पेस गरेको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको मर्म र विगतका सहमति बिर्सेर कतिपय सवालमा प्रस्तावित विधेयक भन्दा पनि प्रतिवेदन पश्चगमनतर्फ उन्मुख रहेको जनाएको छ ।

महासंघले आफ्नोतर्फबाट पूर्ण इमानदारी र जिम्मेवारीका साथ प्रस्तुत भइरहँदा राज्यपक्ष भने इमानदार र जिम्मेवार नदेखिएको टिप्पणी गरेको छ ।

शिक्षा उपसमितिले पेस गरेको सुझाव तथा प्रतिवेदनले महासंघको हिजोको आन्दोलन र विगतमा भएका सहमतिको सम्मान गर्न नसकेको महासंघले उल्लेख गरेको छ ।

अस्थायी प्रकृतिका शिक्षक (राहत, अस्थायी/करार, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार र विशेष शिक्षालगायत) का लागि प्रस्तावित आन्तरिक प्रतिस्पर्धाको प्रतिशत सहमति बमोजिम नभएकोमा महासंघको आपत्ति छ ।

राज्यले आफूहरूलाई पुनः आन्दोलन गर्न उक्साएको पनि महासंघको ठहर छ । विज्ञप्तिमा भनिएको छ, ‘हिजोका आन्दोलन र सरकारसँग भएका सहमति बिर्सेर तयार गरिएको यो प्रतिवेदनले नेपाली शिक्षक–कर्मचारीलाई झन् आक्रोशित गराएको छ । राज्य पक्ष फेरि शिक्षक कर्मचारी आन्दोलनलाई निम्ता दिन चाहन्छ भन्ने अनुभूति गराएको छ ।’

सरकार र महासंघबीचको सहमतिमा असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने सुनिश्चित गरिएको र आन्दोलनको बलमा विगतमा सहमति भई कार्यान्वयनमा नआएका थुप्रै विषयहरू मन्त्रीपरिषद निर्णयबाट कार्यान्वयन गराएको स्मरण गर्दै महासंघले विगतका सहमति कार्यान्वयन नभए अझै ठूलो आन्दोलन गर्ने महासंघको चेतावनी छ ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ९ : ४५ बजे

पूर्णबहादुर र शेखरले गगनसँग खोजेको के हो ?

काठमाडौँ– दुई समूहको विवाद भुसको आगो झैँ सल्किरहेका बेला केही

परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा

बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण

जलेश्वर– जिल्लाको भङ्गहा नगरपालिकामा बाढीबाट प्रभावित भएका ७३ परिवारलाई आज

शेखरको आरोप : कोइराला निवासमै पसेर गगनले कारबाहीको धम्की दिए, कांग्रेसमा निरंकुशता सुरू भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रको स्थापना र

देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु