सीएमसीईले भन्यो– ‘पोखरा विमानस्थलको अध्ययन प्रतिवेदनले गम्भीर बनायो’ « Khabarhub

सीएमसीईले भन्यो– ‘पोखरा विमानस्थलको अध्ययन प्रतिवेदनले गम्भीर बनायो’


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको चिनियाँ कम्पनी चाइना सीएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड (सीएमसीई)ले सार्वजनिक लेखा समितिको प्रतिवेदन उदृत गरेर प्रकाशन भएका सामग्रीप्रति आश्चर्य र चिन्ता प्रकट गरेको छ ।

सीएमसीईले आज गोरखापत्रमा विज्ञप्ति प्रकाशन गर्दै समितिकाे प्रतिवेदनमा थुप्रै त्रुटि रहेको भन्दै गहिरो अनुसन्धान र वस्तुगत विश्लेषणको अभाव रहेको उल्लेख गरेको छ ।

सीएमसीईको विज्ञप्तिमा भनिएको छ– ‘लेखा समितिको प्रतिवेदनमा हाम्रो कम्पनी सम्बन्धी विषयवस्तुहरू पूर्ण रूपमा तथ्यसँग मेल खाँदैन । उक्त प्रतिवेदनलाई उदृत गरी प्रकाशित गरिएको परियोजनाको सम्पूर्ण कार्यान्वयन प्रक्रियाको गहिरो अनुसन्धान र वस्तुगत विश्लेषणको अभाव देखाउँछ, जुन हामीलाई अत्यन्तै आश्चर्यजनक र गम्भीर रूपमा चिन्ता लागेको छ ।’

कम्पनीले व्यावसायिक र जिम्मेवार अन्तर्राष्ट्रिय इन्जिनियरिङ ठेकेदारका रूपमा विमानस्थल परियोजनाको बोलपत्र, सम्झौता र कार्यान्वयन चरणमा नेपाल सरकारको सम्पूर्ण कानूनी र नियामक आवश्यकता कडाइपूर्वक पालना गरेको भन्दै सबै दस्तावेज सुरक्षित रहेको समेत जनाएको छ । पोखरा विमानस्थल नेपालको सबैभन्दा आधुनिक विमानस्थल भएको उल्लेख गर्दै २८ महिना लगातार सञ्चालन हुँदा शून्य घटना रहेको समेत जनाएको छ ।

कम्पनीले कर सम्बन्धी मामिलामा नेपाल र चीन सरकारबीच हस्ताक्षर गरिएको कार्यान्वयन गरिएको प्रावधानलाई कडाइका साथ पालना गरिएको भन्दै सरकारदेखि सहकारी परियोजनामा कर छुट गर्नु अन्तर्राष्ट्रिय प्रचलित मानक भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

‘कर सम्बन्धी मामिलामा हाम्रो कम्पनीले नेपाल र चीन सरकारबीच हस्ताक्षर गरिएको कार्यान्वयन सम्झौतामा उल्लेख गरिएको कर छुटका प्रावधानहरूलाई कडाइका साथ पालना गरेको छ । साथै, सरकारदेखि सरकार सहकारी परियोजनाहरूमा कर छुट प्रदान गर्नु अन्तर्राष्ट्रिय रूपमा प्रचलित मानक हो’, कम्पनीको विज्ञप्तिमा भनिएको छ ।

कम्पनीले निर्माण सामग्रीको खरिदलाई प्राथमिकता दिएको, स्थानीय इन्जिनियर र श्रमिकलाई रोजगारी दिएको, स्थानीय सरकारलाई आपतकालीन सडक मर्मत, सिँचाइ नहरको पुनर्निर्माण, शैक्षिक अनुदान, निःशुल्क स्वास्थ्य शिविर र खेलकुद कार्यक्रममा प्रायोजन जस्ता क्षेत्रमा सहयोग समेत गरेको जनाएको छ ।

कम्पनीले प्रतिवेदनको अनधिकृत प्रकाशनको अनुसन्धान गर्न र गलत सामग्रीलाई स्पष्ट पार्न सरकारी निकायलाई अनुरोध गर्दै गम्भीरतापूर्वक घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ ।

सइएमसीईले सम्बन्धित नेपाली सरकारी निकायहरूलाई उक्त प्रतिवेदनको अनधिकृत प्रकाशनको अनुसन्धान गर्न, त्यसमा रहेको गलत सामग्रीलाई स्पष्ट पार्न र घटनाको सत्यतथ्य उजागर गर्न अनुरोध गरेको छ । 

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  १० : ५३ बजे

‘लालीबजार’ खुलेआम कुमारित्व किनबेचको कथा !

काठमाडौँ- तीन दशकअघि ८–९ कक्षामा पढ्ने किशोरले स्कुल–घर–बजार आउजाउका क्रममा

आईपीएल किक्रेट : पञ्जाबको अपराजित यात्रा कायमै, लखनउ ५४ रनले पराजित

काठमाडौँ– भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाव किंग्सले

आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ– आज २०८३ साल वैशाख ७ गते सोमबार। वैशाख शुक्ल

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण