प्रतिनिधिसभा : मर्यादापालकलाई खाजा र भत्ताको व्यवस्था गर्न आग्रह | Khabarhub Khabarhub

प्रतिनिधिसभा : मर्यादापालकलाई खाजा र भत्ताको व्यवस्था गर्न आग्रह


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषयमा आफ्ना धारणाहरू राखेका छन्।

बैठकको शून्य समयमा सांसद वीना लामाले सदन सञ्चालनमा मुख्य भूमिका निर्वाह गर्ने मर्यादापालकहरुको समस्या सुनुवाइ गर्न माग गरिन् । उनले भनिन्, ‘मर्यादापालकहरु सुरक्षामा खटिनुहुन्छ । उहाँहरुलाई खाजा र भत्ताको व्यवस्था गरिएको छैन । पोषणयुक्त खाजा र खानाको व्यवस्था गरियोस् ।’

यसैगरी, सांसद विनीताकुमारी सिंहले सरकार जनता आवास कार्यक्रमबारे गम्भीर नदेखिएको बताइन् । उनले भनिन्, ‘यो कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७९/८० मा सिराहामा जम्मा ४८८ वटा घर निर्माणका लागि सम्झौता भएको थियो । तर हालसम्म पहिलो किस्तामात्र विनियोजन गरिएको छ । बाँकी किस्ता छिटोभन्दा छिटो विनियोजन गरिनुपर्छ ।’

सांसद विना जैसवालले बैङ्क तथा वित्तीय संस्थाहरूले निकै कम मूल्याङ्कनमा ऋणीको धितो लिलाम गर्ने गरेको विषय उठाइन् । त्यस्तै, कर्जा लिँदा विभिन्न खालका झन्झट व्यहोर्नुपर्ने अवस्थाको अन्त्यका लागि नियामक नेपाल राष्ट्र बैङ्कले प्रभावकारी भूमिका खेल्नुपर्नेमा उनले जोड दिइन् । बैङ्क तथा वित्तीय संस्थाको एटिएम सेवा चौबिसै घण्टा सञ्चालन गर्नुपर्ने माग पनि उनले गरिन्  । 

सांसद शान्ति श्रेष्ठले आगामी आवका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा गरिबी हटाउन आशालाग्दो कार्यक्रम ल्याइएको भन्दै यसलाई बजेटमा समावेश गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । उनले प्रत्येक जिल्लामा आवासीय विद्यालय निर्माण गरी सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउनुपर्ने बताइन् ।  

सांसद शिव नेपालीले लामो दूरीका एसी, डिलक्स सवारी तथा हवाईजहाजजस्ता साधनमा अत्यधिक भाडा असुल्ने तर सोही अनुसार गुणस्तरको सेवा नदिने गुनासो सर्वसाधारणको रहेको भन्दै यसलाई तत्काल रोक्न अनुगमन बढाउनुपर्ने माग राखे ।  

सांसद शिशिर खनालले काठमाडौँ महानगरपालिका–२६ अन्तर्गत ठमेलबाट गोल्कोपाखा हुँदै गोङ्गबु चोकसम्म पुग्ने सडक केही विस्तार गरी कालोपत्र गरिएको वर्षौं भइसक्दा पनि सडकको बीचमा बिजुलीको पोल नहटाइँदा दुर्घटनाको जोखिम रहेको बताए । उनले सडक साँघुरो भई यातायात आवागमनमा बाधा भइरहेको बताए ।  

सांसद शेरबहादुर कुँवरले पूर्वजनप्रतिनिधिको उपचारमा राज्य अनुदार बन्दै गएको आरोप लगाए । उनले काभ्रेबाट निर्वाचित पूर्वसांसद गोविन्दनाथ उप्रेती सिकिस्त बिरामी भई उपचाररत रहेकाले उपचारको व्यवस्था गर्न माग गरे  ।  

सांसद शोभा ज्ञवालीले बर्दियाको बबई नदीमा जब्दी पुल निर्माणका लागि बजेटको सुनिश्चितता हुनु राम्रो पक्ष भए पनि निर्माण छिटो गर्न ध्यानाकर्षण गराइन् ।

सांसद सरिता भुसालले नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रणमा चुनौतीपूर्ण बन्दै गएको त्यसमाथि युवाहरू झन् यसको कुलतमा फसिरहेकाले सरकारले सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्नुपर्ने, खुला वितरणमा रोक लगाउनुपर्ने तथा बिस्तारै यसलाई ‘फेजआउट’ गर्दै लानुपर्ने बताइन् ।

सभामुख देवराज घिमिरेले ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोध्नुभएको प्रश्नको जवाफ दिने’ सम्बन्धी कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी दिए  । –रासस
 

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  १ : ४८ बजे

सप्तपाताल पोखरीको पुनर्निर्माण गरिँदै (तस्बिरहरू)

ललितपुर– ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण भइरहेको छ ।

टी-२० सिरिज : बिहीबार नेपालले नेदरल्यान्ड्ससँग दोस्रो प्रतिस्पर्धा गर्दै

काठमाडौं – नेपालले बिहीबार त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा

कैलाली कारागारमा रहेका एक कैदीको मृत्यु, परिवारले गरे हत्याको शंका 

धनगढी– कैलाली कारागारमा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ

तेहरान छाड्न आफ्ना नागरिकलाई भारतको अनुरोध

काठमाडौं – भारतले इरानको राजधानी तेहरानमा भएका आफ्नो नागरिकलाई त्यो

‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’

काठमाडौं– काठमाडौं उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको वायु