गभर्नर नियुक्तिमा भड्किएको काङ्ग्रेस मनाउन ओलीले बोलाए मन्त्रिपरिषद्‌ बैठक « Khabarhub

गभर्नर नियुक्तिमा भड्किएको काङ्ग्रेस मनाउन ओलीले बोलाए मन्त्रिपरिषद्‌ बैठक

नयाँ गभर्नर आजै नियुक्त हुने सम्भावना


६ जेष्ठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति भागबण्डालाई लिएर प्रमुख सत्ताघटक नेपाली काङ्ग्रेस भड्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बस्नेगरी मन्त्रिपरिषद्‌ बैठक डाकेका छन्‌ ।

अस्वस्थ भएपछि आजका लागि निर्धारित अधिकांश भेटघाट र कार्यक्रम स्थगित गरेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले बेलुकी ५:३० बजे बस्नेगरी मन्त्रिपरिषद्‌ बैठक डाकेका हुन्‌ ।

मन्त्रिपरिषद्‌ बैठकअघि आजै दिउँसो ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दैछ । काङ्ग्रेसको मागबमोजिम डा. विश्व पौडेलको नाम सिफारिस गर्नेगरी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिफारिस समिति बैठक डाकेका हुन्‌ ।

गभर्नरका लागि सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्नेछ । मन्त्रिपरिषद्‌ बैठकले नयाँ गभर्नरमा काङ्ग्रेस नेतासमेत रहेका अर्थविद्‌ पौडेलको नाम टुङ्गो लगाउने सहमति बनेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।

यसअघि प्रधानमन्त्री ओलीले गभर्नर नियुक्तिबारे छलफल गर्न भन्दै काङ्ग्रेस सभापति देउवालाई सोमबार बेलुकी बालुवाटारमा बोलाएका थिए ।

तर, आफूले प्रस्ताव गरेका एकपछि अर्को नाम अस्वीकार गरेका ओलीसँग गभर्नर नियुक्ति मामिलामा थप छलफल नगर्ने भन्दै देउवाले निम्तो नै अस्वीकार गरेका थिए ।

तारन्तर आग्रहपछि आज विहान प्रधानमन्त्री ओली र काङ्ग्रेस सभापति देउवाबीच गभर्नर नियुक्ति लगायत विषयमा छलफल भएको थियो । भेट क्रममा अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए । दुई नेताको भेटपछि नै अर्थमन्त्री पौडेलले गभर्नर सिफारिस समिति बैठक डाकेका हुन्‌ ।

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई २०८१ चैत २२ गते बिदाइ गरेयता नेपाल राष्ट्र बैंक गभर्नरविहीन छ । सङ्लग्न सदस्यको विवादित छवि र एकपछि अर्को राजीनामाले गभर्नर सिफारिस समिति नै विवादित बनेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  २ : ३७ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन