गभर्नर नियुक्तिमा भड्किएको काङ्ग्रेस मनाउन ओलीले बोलाए मन्त्रिपरिषद्‌ बैठक | Khabarhub Khabarhub

गभर्नर नियुक्तिमा भड्किएको काङ्ग्रेस मनाउन ओलीले बोलाए मन्त्रिपरिषद्‌ बैठक

नयाँ गभर्नर आजै नियुक्त हुने सम्भावना


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति भागबण्डालाई लिएर प्रमुख सत्ताघटक नेपाली काङ्ग्रेस भड्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बस्नेगरी मन्त्रिपरिषद्‌ बैठक डाकेका छन्‌ ।

अस्वस्थ भएपछि आजका लागि निर्धारित अधिकांश भेटघाट र कार्यक्रम स्थगित गरेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले बेलुकी ५:३० बजे बस्नेगरी मन्त्रिपरिषद्‌ बैठक डाकेका हुन्‌ ।

मन्त्रिपरिषद्‌ बैठकअघि आजै दिउँसो ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दैछ । काङ्ग्रेसको मागबमोजिम डा. विश्व पौडेलको नाम सिफारिस गर्नेगरी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिफारिस समिति बैठक डाकेका हुन्‌ ।

गभर्नरका लागि सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्नेछ । मन्त्रिपरिषद्‌ बैठकले नयाँ गभर्नरमा काङ्ग्रेस नेतासमेत रहेका अर्थविद्‌ पौडेलको नाम टुङ्गो लगाउने सहमति बनेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।

यसअघि प्रधानमन्त्री ओलीले गभर्नर नियुक्तिबारे छलफल गर्न भन्दै काङ्ग्रेस सभापति देउवालाई सोमबार बेलुकी बालुवाटारमा बोलाएका थिए ।

तर, आफूले प्रस्ताव गरेका एकपछि अर्को नाम अस्वीकार गरेका ओलीसँग गभर्नर नियुक्ति मामिलामा थप छलफल नगर्ने भन्दै देउवाले निम्तो नै अस्वीकार गरेका थिए ।

तारन्तर आग्रहपछि आज विहान प्रधानमन्त्री ओली र काङ्ग्रेस सभापति देउवाबीच गभर्नर नियुक्ति लगायत विषयमा छलफल भएको थियो । भेट क्रममा अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए । दुई नेताको भेटपछि नै अर्थमन्त्री पौडेलले गभर्नर सिफारिस समिति बैठक डाकेका हुन्‌ ।

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई २०८१ चैत २२ गते बिदाइ गरेयता नेपाल राष्ट्र बैंक गभर्नरविहीन छ । सङ्लग्न सदस्यको विवादित छवि र एकपछि अर्को राजीनामाले गभर्नर सिफारिस समिति नै विवादित बनेको छ ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  २ : ३७ बजे

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-१५ अन्नपूर्ण चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१८ बस्ने

काठमाडौंमा सुरु भयो भक्त राना स्मृति बुद्धिचाल प्रतियोगिता

काठमाडौं– भक्त राना स्मृति बुद्धिचाल प्रतियोगिता मंगलबारदेखि काठमाडौंमा सुरु भएको

विहीबार साउथ अस्ट्रेलियासँग दुई टी–२० प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले विहीबार साउथ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ

काठमाडौं– काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ४ सय

जापानमा सामन्ती सरदारको मूर्तिको शिर छेदन

एजेन्सी– जापानको एक सपिङ आर्केड बाहिर १६औँ शताब्दीका शक्तिशाली सरदार