भारतमा रेलको टिकटमै अपरेशन सिन्दुरको लोगो र मोदीले सलाम ठोकेको फोटो छाप्न थालियो « Khabarhub

भारतमा रेलको टिकटमै अपरेशन सिन्दुरको लोगो र मोदीले सलाम ठोकेको फोटो छाप्न थालियो


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा रेलको टिकटमै अपरेशन सिन्दुरको लोगो छाप्न थालिएको छ । भारतमा विद्युतीय माध्यमबाट काटिएका रेलको टिकटमा प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिरसँगै अपरेशन सिन्दुरको लोगो छाप्न थालिएको हो ।

टिकटमा प्रधानमन्त्री मोदीले सलाम ठोकेको देखिएको छ । टिकटमा कालो पृष्ठभूमिमा सेतो र सत्तारुढ भारतीय जनता पार्टी भाजपाको भगवा रंगको अक्षरले लेखिएको छ, ‘अपरेशन सिन्दुरले आतंकका विरुद्ध लडाइँमा एउटा नयाँ रेखा कोरेको छ, एउटा नयाँ परिधि र न्यू नर्मल तय गरेको छ ।’

भारतीय रेलवेले यस कदमको बचाउ गरेको छ । भारतीय रेलवेका अधिकारी दिलिप कुमारले इण्डिया टुडेलाई बताएअनुसार अपरेशन सिन्दुरको सफलताबारे देशलाई जानकारी दिन यस्तो गरिएको हो । उनले भारतीय रेलवे भारतीय सेनाको सफलतामा गौरवान्वित रहेको पनि उल्लेख गरेका छन् ।

विपक्षीले भने सरकारको यो कदमको आलोचना गरेका छन् । विपक्षी कांग्रेस पार्टीका सचेतक मनिकाम टेगोरले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘अपरेशन सिन्दुर अहिले स्याम्फूजस्तै बिक्री भइरहेको छ, – रेलवेको टिकटमा छापेर सामानजस्तो विज्ञापन गरिएको छ ।’

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  २ : ५७ बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,