परराष्ट्रमन्त्री देउवा र एनआरएनए अध्यक्ष श्रेष्ठलाई जापानमा भव्य स्वागत « Khabarhub

परराष्ट्रमन्त्री देउवा र एनआरएनए अध्यक्ष श्रेष्ठलाई जापानमा भव्य स्वागत


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

टोकियो– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठलाई जापानमा एकसाथ भव्य स्वागत गरिएको छ ।

राजधानी टोकियोमा बुधबारदेखि सुरु हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन परराष्ट्र मन्त्री देउवा पुगेकी हुन् भने हालै सर्वोच्च अदालतबाट गठित उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका अध्यक्ष श्रेष्ठ कर्मथलो पुगेका हुन् ।

मन्त्री राणा र अध्यक्ष श्रेष्ठलाई जापानका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदी, संघको एसिया प्रशान्त क्षेत्रीय संयोजक डा बलराम श्रेष्ठ, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानका अध्यक्ष नवीन निउरे तथा पदाधिकारीहरू, एनसीसी जापानका पूर्व अध्यक्ष एवं नेपाली काँग्रेस जनसम्पर्क समिति जापानका सभापति रोशन केसीलगायतले नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।

परराष्ट्र मन्त्री देउवाले जापान बसाइँका क्रममा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनुका साथै २२ तारिखमा जापानी समकक्षी इवाया ताकेसीसँग दुईपक्षिय भेटवार्ता गर्ने जनाइएको छ । मन्त्री राणा नेतृत्वको टोली शनिवार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

गत वैशाख २० र २१ गते काठमाडौंमा आयोजित एकता महाधिवेशनबाट निर्विरोध निर्वाचित भएपछि  अध्यक्ष श्रेष्ठ पहिलो पटक कर्मथलो पुगेका हुन् । उनले जापान बसाइको क्रममा एनआरएन अभियन्ताहरूसँग छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।  

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ४ : ४२ बजे

बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले वर्षौँदेखि बन्द रहेका, निरन्तर घाटामा थलिएका

साउदी अरेबिया, टर्की र पाकिस्तानबीच रक्षा सम्झौतामा हस्ताक्षर

काठमाडौँ- मध्यपूर्वमा जारी सैन्य तनावका बीच साउदी अरेबिया, टर्की र

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ– वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा

स्पेन र इटालीबीचको विवाद उत्कर्षमा, हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण लागू

काठमाडौँ– युरोपेली संघ (इयू) का दुई प्रमुख सदस्य राष्ट्र स्पेन

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या