परराष्ट्रमन्त्री देउवा र एनआरएनए अध्यक्ष श्रेष्ठलाई जापानमा भव्य स्वागत « Khabarhub

परराष्ट्रमन्त्री देउवा र एनआरएनए अध्यक्ष श्रेष्ठलाई जापानमा भव्य स्वागत


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

टोकियो– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठलाई जापानमा एकसाथ भव्य स्वागत गरिएको छ ।

राजधानी टोकियोमा बुधबारदेखि सुरु हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन परराष्ट्र मन्त्री देउवा पुगेकी हुन् भने हालै सर्वोच्च अदालतबाट गठित उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका अध्यक्ष श्रेष्ठ कर्मथलो पुगेका हुन् ।

मन्त्री राणा र अध्यक्ष श्रेष्ठलाई जापानका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदी, संघको एसिया प्रशान्त क्षेत्रीय संयोजक डा बलराम श्रेष्ठ, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानका अध्यक्ष नवीन निउरे तथा पदाधिकारीहरू, एनसीसी जापानका पूर्व अध्यक्ष एवं नेपाली काँग्रेस जनसम्पर्क समिति जापानका सभापति रोशन केसीलगायतले नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।

परराष्ट्र मन्त्री देउवाले जापान बसाइँका क्रममा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनुका साथै २२ तारिखमा जापानी समकक्षी इवाया ताकेसीसँग दुईपक्षिय भेटवार्ता गर्ने जनाइएको छ । मन्त्री राणा नेतृत्वको टोली शनिवार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

गत वैशाख २० र २१ गते काठमाडौंमा आयोजित एकता महाधिवेशनबाट निर्विरोध निर्वाचित भएपछि  अध्यक्ष श्रेष्ठ पहिलो पटक कर्मथलो पुगेका हुन् । उनले जापान बसाइको क्रममा एनआरएन अभियन्ताहरूसँग छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।  

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ४ : ४२ बजे

कञ्चनपुरमा महिला मतदाता बढी

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको

आईसीसी महिला टी–२० छनोट : थाइल्याण्डसँग नेपाल पराजित

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल

पहिलो पटक घण्टीघरमा प्रवेश गर्दै बालेन्द्र, रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह केन्द्रीय कार्यालय

गैँडाकोटबाट नारायणीमा ‘राइनो क्रुज’ सञ्चालन हुँदै

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘राइनो क्रुज’

सर्वोच्चपछि सडकतिर पनि आधिकारिकता खोज्दै देउवा समूह (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसबाट आधिकारिकता गुमाएको शेरबहादुर देउवा समूह सर्वोच्च अदालतपछि