चट्याङ लागेर डोटीमा महिलाको मृत्यु, स्वास्थ्यकर्मी गम्भीर घाइते « Khabarhub

चट्याङ लागेर डोटीमा महिलाको मृत्यु, स्वास्थ्यकर्मी गम्भीर घाइते


६ जेष्ठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

धनगढी– डोटीमा चट्याङ लागेर महिलाको मृत्यु छ भने महिला स्वास्थ्यकर्मी गम्भीर घाइते भएकी छन् । पूर्वीचौकी गाउँपालिका–२ वाडीमा चट्याङ लागेर सोही ठाउँ बस्ने ४० वर्षीया देउमती साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी आफ्नै घरको झ्यालमा बसिरहेको अवस्थामा सोमबार साढे ५ बजेतिर चट्याङले लागेको थियो । गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएको थियो तर चिकित्सकले मृत घोषणा गरेका थिए ।

यस्तै, चट्याङ लागेर सोही ठाउँको बगलेक स्वास्थ्य चौकीमा कार्यरत अनमी ३६ वर्षीया अस्मिता ओली विष्ट पनि गम्भीर घाइते भएकी छन् । उनलाई थप उपचारका लागि धनगढी ल्याइएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ५ : १७ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म