सर्वसाधारणका लागि खुल्यो नौ तले दरबार (तस्बिरहरू) « Khabarhub

सर्वसाधारणका लागि खुल्यो नौ तले दरबार (तस्बिरहरू)


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको वसन्तपुरस्थित नौ तले दरबार औपचारिक रूपमा उद्घाटन भएको छ । मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले दरबार उद्घाटन गरेका हुन् ।

उद्घाटनसँगै आजबाटै यो दरबार सर्वसाधारणका लागि खुला गरिएको छ । दरबार चीन सरकारको सहयोगमा पुनर्निर्माण भएको हो । 

विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको प्रमुख आकर्षण नौ तले दरबार वरपर घुम्न सक्नेगरी सबै संरचना हटाइएको छ । दरबार खुले पनि त्यहाँ रहेको महेन्द्र र वीरेन्द्र सङ्ग्रहालय भने केही समयपछि मात्र खुला हुनेछ । अहिले नौ तले दरबारमा चढ्न पाउने व्यवस्था गरिएको छ ।

दरबारको तल्लो तलामा भूकम्पअघिको दरबारको अवस्था र भूकम्पपछिको अवस्थाको बारेमा तयार पारिएको डकुमेन्ट्री प्रदर्शन गरिनेछ ।

दोस्रो र तेस्रो तलामा सङ्ग्रहालय रहनेछ । दरबारको माथिल्लो तलामा भूकम्पबाट ध्वस्त भएका हनुमानढोका दरबार क्षेत्र परिसरका काम नलाग्ने टुँडाल, इट्टा लगायतका पुरातात्त्विक वस्तु प्रदर्शनीमा राखिनेछ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ६ : ३५ बजे

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।