जुनियर पनि रोनाल्डोकै बाटोमा : पहिलो प्रतियोगितामै छाडे प्रभाव, देशका लागि जिते उपाधि | Khabarhub Khabarhub

जुनियर पनि रोनाल्डोकै बाटोमा : पहिलो प्रतियोगितामै छाडे प्रभाव, देशका लागि जिते उपाधि


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

लिस्बन, पोर्चुगल– विश्व फुटबल जगतका चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका जेठा छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले करिअरकै पहिलो उपाधि जितेका छन् ।

क्रोएशियामा सम्पन्न ब्लाट्को मार्कोभिच अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी पोर्चुगलको यू–१५ राष्ट्रिय टोलीले उपाधि जितेको हो । रोमाञ्चक फाइनलमा पोर्चुगलले आयोजक क्रोएशियालाई ३–२ ले हराउँदै उपाधि उचालेको हो ।

यस खेलमा क्रिस्टियानो रोनाल्डो जुनियरले उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरे। उनले खेलको १३औं मिनेटमा गोल गर्दै खेलको खाता खोलेका थिए । उनले गोलपछि बुवाकै शैलीमा उत्सव मनाए । जुनियरका लागि डेब्यु गोलसँगै यो प्रतियोगिता पनि सम्झनलायक भयो ।

रोनाल्डो जुनियरले पहिलो हाफ सकिनुअघि ४४ औँ मिनेटमा हेड गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाएका थिए ।

प्रतियोगिता अवधिभर पोर्चुगल यू–१५ टोलीले उत्कृष्ट प्रदर्शन गर्‍यो । जापानलाई ४–१ र इंग्ल्यान्डलाई २–० ले हरायो । ग्रीससँग १–१ को बराबरी गर्दै उनीहरूले समूह ‘बी’ को शीर्षता हासिल गरे ।

उता, क्रोएशियाले समूह ‘ए’ मा फ्रान्स, रोमानिया र स्वीट्जरल्याण्डलाई पछि पार्दै शीर्ष स्थानमा रहेको थियो ।

रोनाल्डो जुनियरले मे १३ मा पोर्चुगल यू–१५ टोलीबाट पहिलो खेल खेलेका थिए। हालसम्म उनले चार खेल खेल्दै दुई गोल गरेका छन्।

उनी ११ वर्षकै उमेरमा बुवाकै पदचिन्ह पछ्याउँदै अघि बढेका छन् ।

यसअघि उनले ११ वर्षको हुँदा साउदी अरेबियास्थित ‘महद एकाडेमी’ अन्तर्गत अल-नासर यू-१३ टोलीबाट खेले ।

त्यहाँ उनले सन् २०२४/२५ को युथ लिग उपाधि जितेका थिए । फाइनल खेलमा उनले निर्णायक प्रदर्शन गर्दै २ गोल गरेका थिए । जसले उनको टोलीलाई ४-२ को जित दिलायो ।

रोनाल्डो जुनियरको तीव्र गति, गोल गर्ने क्षमता र खेलप्रतिको लगाव हेर्दा बुवा रोनाल्डोकै जस्तो छ । अधिकांश समय लेफ्ट विङ्गबाट खेल्ने गर्छन्, जहाँबाट उनले गोल र अवसर सिर्जना गर्ने गरेका छन् ।

क्रिस्टियानो रोनाल्डोले कैयौँ पटक सार्वजनिक रूपमा छोराको फुटबलप्रतिको रुचि र लगावको प्रशंसा गरेका छन् । ‘मेरो छोराले फुटबल मन पराएकोमा खुसी छु, तर उसले आफ्नै मिहिनेत र इच्छाशक्तिबाट सफल बन्नुपर्छ’, उनले भनेका थिए ।

क्रिस्टियानो रोनाल्डो जुनियरले देशका लागि पहिलो उपाधि जितेसँगै फुटबल जगतमा अर्को सम्भावित सुपरस्टारको उदयको संकेत भएको छ। यस्तै प्रदर्शन जारी रहे उनले एकदिन विश्व फुटबलमा नाम चम्काउने प्रवल सम्भावना छ ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ६ : २९ बजे

जनताकाबीचमा गएर झुट बोल्ने मन्त्रीलाई कारबाही हुनुपर्छ :  ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अहिले

प्रधानमन्त्री गृहनगर दमक पुग्दा रास्वपाको हस्ताक्षर कार्यक्रममा प्रहरी हस्तक्षेप

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि झापाको दमकमा चलिरहेको

एयर इन्डिया दुर्घटनामा ताजा फोरेन्सिक प्रमाणले भन्यो– ‘चालक दल’ जिम्मेवार

काठमाडौं– एयर इन्डियाको विमान पाइलटले जानाजानी दुर्घटना गराएको हुन सक्ने

धवल शमशेरको चुनौती : लिङ्देको हैकमवाद स्वीकार्दिनँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले अध्यक्ष राजेन्द्र

मन्त्री गुप्ताको अडियो प्रकरण छानबिन गर्न रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणको