सगरमाथा शिखरमा फहराइयो अनेरास्ववियुको झण्डा « Khabarhub

सगरमाथा शिखरमा फहराइयो अनेरास्ववियुको झण्डा


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को झण्डा विश्वको सर्वोच्च शिखरमा फहराइएको छ ।

संगठनको २४औँ राष्ट्रिय महाधिवेशनको लोगो र झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा मंगलबार बिहान फहराइएको हो।

यही मंगलबार बिहान ८ः४० बजे विश्वप्रसिद्ध हिमाल आरोही मिङ्मा डेभिड शेर्पाले अनेरास्ववियुको लोगो र झण्डा सगरमाथाको चुचुरोमा पुर्‍याएका संगठनका प्रवक्ता प्रकाश पौडेलले बताए ।

अनेरास्ववियुले यो क्षणलाई संगठनका लागि गौरवमय भएको छ । पौडेलले यसका लागि शेर्पालाई धन्यवाद पनि दिएका छन् ।

संगठनले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण तथा जलवायु परिवर्तनको प्रभावलाई उजागर गर्न यो कदम चालिएको पौडेलले बताए ।

‘हामी वातावरणीय न्याय, हिमालको संरक्षण र दिगो विकासका पक्षमा दृढ रहँदै भविष्यमा अभियानहरू अघि बढाउनेछौँ,’ अनेरास्ववियुका प्रवक्ता पौडेलले खबरहबलाई भने ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ६ : ३८ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको