सगरमाथा शिखरमा फहराइयो अनेरास्ववियुको झण्डा « Khabarhub

सगरमाथा शिखरमा फहराइयो अनेरास्ववियुको झण्डा


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को झण्डा विश्वको सर्वोच्च शिखरमा फहराइएको छ ।

संगठनको २४औँ राष्ट्रिय महाधिवेशनको लोगो र झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा मंगलबार बिहान फहराइएको हो।

यही मंगलबार बिहान ८ः४० बजे विश्वप्रसिद्ध हिमाल आरोही मिङ्मा डेभिड शेर्पाले अनेरास्ववियुको लोगो र झण्डा सगरमाथाको चुचुरोमा पुर्‍याएका संगठनका प्रवक्ता प्रकाश पौडेलले बताए ।

अनेरास्ववियुले यो क्षणलाई संगठनका लागि गौरवमय भएको छ । पौडेलले यसका लागि शेर्पालाई धन्यवाद पनि दिएका छन् ।

संगठनले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण तथा जलवायु परिवर्तनको प्रभावलाई उजागर गर्न यो कदम चालिएको पौडेलले बताए ।

‘हामी वातावरणीय न्याय, हिमालको संरक्षण र दिगो विकासका पक्षमा दृढ रहँदै भविष्यमा अभियानहरू अघि बढाउनेछौँ,’ अनेरास्ववियुका प्रवक्ता पौडेलले खबरहबलाई भने ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ६ : ३८ बजे

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ– मुस्ताङ, हुम्ला र बाजुराका विभिन्न भागमा हिमपात भएको छ

होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली

काठमाडौं– नेपालस्थित इजरायली दूतावासले अन्तर्राष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा मङ्गलबार

शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै छ । संयुक्त

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा