अपरेशन सिन्दुर भारतको स्पष्ट जित : अस्ट्रियन सैन्य विश्लेषक « Khabarhub

अपरेशन सिन्दुर भारतको स्पष्ट जित : अस्ट्रियन सैन्य विश्लेषक


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रियाका हवाइ युद्ध विश्लेषक एवम् सैन्य इतिहासकार टम कुपरले भारतले सञ्चालन गरेको ‘अपरेशन सिन्दुर’ मा भारतको जीत भएको बताएका छन् । आफ्नो ब्लगमा युद्ध विश्लेषक कुपरले यसलाई भारतको स्पष्ट जित भएको बताएका हुन् ।

उनले ब्लगमा लेखेका छन्, ‘यस घटनामा भारतको स्पष्ट जित भएको छ । अचम्म, मान्नै पर्दैन इस्लामावादले युद्धविरामको आह्वान गर्‍यो ।’

भारत र पाकिस्तानबीच युद्धविराम भएपछि कुपरको यस्तो भनाइ आएको हो । ‘जब एउटा पक्षले अर्को पक्षको आणविक हतियार भण्डारण क्षेत्रमा बम आक्रमण गर्छ, र अर्कोको प्रतिकार गर्ने क्षमता नै बाँकी रहन्न, मेरो विचारमा त्यो स्पष्ट जित हो ।’ उनले लेखेका छन् ।

अपरेशन सिन्दुरका क्रममा भारतले पाकिस्तानको नूर खान हवाइ अड्डामा आक्रमण गरेपछि पाकिस्तानी पक्षले अमेरिकासँग युद्धविरामका लागि आग्रह गरेको विश्वास गरिन्छ । उक्त हवाइ अड्डामा पाकिस्तानको आणविक हतियार रहेको आशंका गरिन्छ ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  २ : ०० बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,