अपरेशन सिन्दुर भारतको स्पष्ट जित : अस्ट्रियन सैन्य विश्लेषक « Khabarhub

अपरेशन सिन्दुर भारतको स्पष्ट जित : अस्ट्रियन सैन्य विश्लेषक


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रियाका हवाइ युद्ध विश्लेषक एवम् सैन्य इतिहासकार टम कुपरले भारतले सञ्चालन गरेको ‘अपरेशन सिन्दुर’ मा भारतको जीत भएको बताएका छन् । आफ्नो ब्लगमा युद्ध विश्लेषक कुपरले यसलाई भारतको स्पष्ट जित भएको बताएका हुन् ।

उनले ब्लगमा लेखेका छन्, ‘यस घटनामा भारतको स्पष्ट जित भएको छ । अचम्म, मान्नै पर्दैन इस्लामावादले युद्धविरामको आह्वान गर्‍यो ।’

भारत र पाकिस्तानबीच युद्धविराम भएपछि कुपरको यस्तो भनाइ आएको हो । ‘जब एउटा पक्षले अर्को पक्षको आणविक हतियार भण्डारण क्षेत्रमा बम आक्रमण गर्छ, र अर्कोको प्रतिकार गर्ने क्षमता नै बाँकी रहन्न, मेरो विचारमा त्यो स्पष्ट जित हो ।’ उनले लेखेका छन् ।

अपरेशन सिन्दुरका क्रममा भारतले पाकिस्तानको नूर खान हवाइ अड्डामा आक्रमण गरेपछि पाकिस्तानी पक्षले अमेरिकासँग युद्धविरामका लागि आग्रह गरेको विश्वास गरिन्छ । उक्त हवाइ अड्डामा पाकिस्तानको आणविक हतियार रहेको आशंका गरिन्छ ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  २ : ०० बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,