‘भारतले पाकिस्तानविरुद्ध गरेको कारवाही स्वभाविक’ « Khabarhub

‘भारतले पाकिस्तानविरुद्ध गरेको कारवाही स्वभाविक’


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वासनमा रहेको अफगान संसदकी सदस्य मरियम सोलाइमानखिलले भारतले पाकिस्तानविरुद्ध सञ्चालन गरेको सैन्य कारवाही स्वभाविक भएको बताएकी छिन् । हाल अमेरिकामा रहेकी उनले पाकिस्तानले लामो समयदेखि आतंकवादलाई पाल्दै आएको समेत बताएकी छिन् ।

इण्डियन इकोनोमिक अब्जर्भरले उनलाई उद्धृत गर्दै लेखेको छ, ‘भारतले जे गर्‍यो, मेरो विचारमा त्यो आवश्यक थियो । पाकिस्तानले आतंकवादलाई पालिरहेको छ । कश्मीर गएर उनीहरुले निर्दोषलाई मारे ।’ उनले यस्तो घटनामा संलग्नलाई त्यसै छाड्न नमिल्ने समेत उल्लेख गरिन् ।

उनले भनिन्, ‘यसलाई त्यसै छाड्न मिल्दैन, र भारतले जस्तो आक्रमण गरिरहेको त्यो स्वभाविक छ । उनीहरुले आतंकवादको अड्डामा आक्रमण गरिरहेका छन् ।’

उनले पाकिस्तानले आफ्नै जनताविरुद्ध पनि आतंकवादी गतिविधि गरिरहेको आरोप लगाइन् । उनले भनिन्, ‘पाकिस्तान आतंकवादका लागि चिनिएको छ । हामीले अहिले कुराकानी गर्दै गर्दा पनि पाकिस्तानले आफ्नै जनतामाथि आतंकवादी गतिविधि गरिरहेको छ ।’

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ४ : १३ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका