भारतमा फर्कियो कोभिड, २५७ जना संक्रमित भेटिँदा दुईजनाको मृत्यु « Khabarhub

भारतमा फर्कियो कोभिड, २५७ जना संक्रमित भेटिँदा दुईजनाको मृत्यु


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- भारतमा फेरि कोभिड १९ भाइरसका संक्रमित भेटिन थालेका छन् । सोमबार मुम्बईमा २५७ जना कोभिडका संक्रमित भेटिएका हुन् । जसमध्ये केईएम अस्पतालमा दुईजना कोभिड संक्रमितको ज्यान नै गएको छ ।

ती दुवैजना दीर्घकालीन रोगका बिरामी थिए । उनीहरू कोभिड लागेपछि अस्पतालमा भर्ना भएकोमा उपचारका क्रममा ज्यान गएको हो ।

कोभिड लागेकाध्ये एकजनालाई मुखको क्यान्सर र अर्कोलाई मृगौला रोग नेफ्रोटिक सिन्ड्रोम थियो।

यसैबीच, एसियाकै सिंगापुर, हङकङ, चीन र थाइल्याण्डमा कोरोनाभाइरसका बिरामी फेरि बढिरहेका छन्। यी देशहरूमा नयाँ केसहरूको संख्या बढ्दै गएको छ।

सिंगापुरमा मे १ देखि मे १९ सम्म ३ हजार कोभिडका बिरामी भेटिएका छन् । अप्रिलको अन्तिम सातासम्म यो संख्या ११ हजार १ सय थियो । यहाँ केसहरूमा २८ प्रतिशतले वृद्धि भएको जनाइएको छ।

उता, जनवरीदेखि हङकङमा ८१ केस भेटिएका छन्। जसमध्ये ३० जनाको मृत्यु भइसकेको छ । चीन र थाइल्याण्डमा पनि अलर्ट जारी गरिएको छ ।

यद्यपि यहाँ बिरामीको संख्याबारे जानकारी दिइएको छैन । भारतमा जनवरी १ देखि मे १९ सम्म २५७ केस रिपोर्ट गरिएको छ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ७ : १८ बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,