भारतमा फर्कियो कोभिड, २५७ जना संक्रमित भेटिँदा दुईजनाको मृत्यु « Khabarhub

भारतमा फर्कियो कोभिड, २५७ जना संक्रमित भेटिँदा दुईजनाको मृत्यु


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- भारतमा फेरि कोभिड १९ भाइरसका संक्रमित भेटिन थालेका छन् । सोमबार मुम्बईमा २५७ जना कोभिडका संक्रमित भेटिएका हुन् । जसमध्ये केईएम अस्पतालमा दुईजना कोभिड संक्रमितको ज्यान नै गएको छ ।

ती दुवैजना दीर्घकालीन रोगका बिरामी थिए । उनीहरू कोभिड लागेपछि अस्पतालमा भर्ना भएकोमा उपचारका क्रममा ज्यान गएको हो ।

कोभिड लागेकाध्ये एकजनालाई मुखको क्यान्सर र अर्कोलाई मृगौला रोग नेफ्रोटिक सिन्ड्रोम थियो।

यसैबीच, एसियाकै सिंगापुर, हङकङ, चीन र थाइल्याण्डमा कोरोनाभाइरसका बिरामी फेरि बढिरहेका छन्। यी देशहरूमा नयाँ केसहरूको संख्या बढ्दै गएको छ।

सिंगापुरमा मे १ देखि मे १९ सम्म ३ हजार कोभिडका बिरामी भेटिएका छन् । अप्रिलको अन्तिम सातासम्म यो संख्या ११ हजार १ सय थियो । यहाँ केसहरूमा २८ प्रतिशतले वृद्धि भएको जनाइएको छ।

उता, जनवरीदेखि हङकङमा ८१ केस भेटिएका छन्। जसमध्ये ३० जनाको मृत्यु भइसकेको छ । चीन र थाइल्याण्डमा पनि अलर्ट जारी गरिएको छ ।

यद्यपि यहाँ बिरामीको संख्याबारे जानकारी दिइएको छैन । भारतमा जनवरी १ देखि मे १९ सम्म २५७ केस रिपोर्ट गरिएको छ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ७ : १८ बजे

विभिन्न जिल्लाबाट लागूऔषधसहित १५ जना पक्राउ

काठमाडौ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले काठमाडौँ, मोरङ, झापा, सुनसरी,

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा