भारतविरुद्ध बहादुरी देखाएको भन्दै पाकिस्तानी सेना प्रमुखलाई बनाइयो फिल्ड मार्शल « Khabarhub

भारतविरुद्ध बहादुरी देखाएको भन्दै पाकिस्तानी सेना प्रमुखलाई बनाइयो फिल्ड मार्शल


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तान सरकारले सेना प्रमुख जनरल आसिम मुनीरलाई फिल्ड मार्शल पनि बनाउने निर्णय गरेको छ । यो निर्णय प्रधानमन्त्री शहबाज शरीफको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

त्यस्तै, सरकारले वायु सेना प्रमुख एयर चिफ मार्शल जहीर अहमद बाबर सिद्दुलाई कार्यकाल सकिए पनि निरन्तर राख्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा जनरल मुनीरको पदोन्नतिलाई उनको बहादुर नेतृत्व, रणनीतिक सोच र भारतविरुद्ध सञ्चालित सैन्य कारबाहीमा निभाएको महत्वपूर्ण भूमिकाका आधारमा गरिएको उल्लेख छ ।

विज्ञप्तिमा थप भनिएको छ, ‘प्रधानमन्त्री शहबाज शरीफले यो निर्णय लिनुअघि राष्ट्रपति आसिफ अली जरदारीसँग भेट गरेर परामर्श लिएका थिए ।’

सरकारको निर्णयपछि जनरल आसिम मुनीरले प्रतिक्रिया दिएका छन् । ‘म यो सम्मान पूरै देश, पाकिस्तानका सशस्त्र बलहरू, विशेषगरी नागरिक र सैनिक शहीदहरू तथा वरिष्ठ पूर्व सैनिकहरूलाई समर्पित गर्दछु।’

उनले पाकिस्तानको नेतृत्वले गरेको विश्वासप्रति आभार जनाएका छन् । ‘म पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रिपरिषद्को विश्वासप्रति आभारी छु’, उनले भनेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ८ : ०५ बजे

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ– मुस्ताङ, हुम्ला र बाजुराका विभिन्न भागमा हिमपात भएको छ

होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली

काठमाडौं– नेपालस्थित इजरायली दूतावासले अन्तर्राष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा मङ्गलबार

शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै छ । संयुक्त

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा