आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व संकलन | Khabarhub Khabarhub

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व संकलन


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१-८२ को ११ महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । 

आन्तरिक राजस्व विभागले कार्यालयलाई चालु आवको जेठ मसान्तसम्मको अवधिमा रु सात अर्ब ५१ करोड ६४ लाख ६५ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकामा कार्यालयले सो अवधिमा रु आठ अर्ब ५२ करोड नौ लाख ८९ हजार राजस्व संकलन गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाईंले चालु आवको ११ महिनामा लक्ष्यको ११३ दशमलव ३६ प्रतिशत राजस्व संकलन गरेको बताए।  

कार्यालयले चालु आवको ११ महिनामा अन्तःशुल्क करतर्फ दुई अर्ब ८४ करोड ६५ लाख ५३ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा सो शीर्षकमा लक्ष्यको एक सय ४२ दशमलव २८ प्रतिशत अर्थात् चार अर्ब पाँच करोड ३८ हजार राजस्व राजस्व संकलन गरेको छ । 

त्यस्तै कार्यालयले चालु आवको ११ महिनामा आयकरतर्फ रु दुई अर्ब ३२ करोड ४८ लाख ४८ हजार लक्ष्य रहेकामा सो अवधिमा दुई अर्ब ५५ करोड ५९ लाख ९४ हजार राजस्व संकलन गरेको छ । यो लक्ष्यको १०९ दशमलव ९४ प्रतिशत हुन आउँछ । कार्यालयले सो अवधिमा घरबहाल करतर्फ भने रु २५ करोड १० लाख आठ हजार राजस्व संकलन गरेको छ । 

त्यस्तै मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब २२ करोड ८३ लाख ६८ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा सो अवधिमा रु एक अर्ब ८३ करोड ७५ लाख ५० हजार राजस्व संकलन गरेको छ । विभागले कार्यालयलाई वर्षभरिमा रु आठ अर्ब ७१ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ७ : २६ बजे

पोखराबाट भुटानको पारोमा अन्तरराष्ट्रिय उडान हुँदै

गण्डकी – पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको

प्रधानमन्त्री ओली स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक

चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर स्वदेश

शान्ति सम्झौता नभए युक्रेनमा युद्ध जारी राख्ने पुटिनको चेतावनी

बेइजिङ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनको भ्रमण पूरा

कतारमा मृत्यु भएका मनोज बरामको शव ल्याइदिन आग्रह

गोरखा – कतारमा मृत्यु भएका यहाँको सिरानचोक गाउँपालिका–५ छोप्राक कटहरबारीका