कार र गाँजा छाडेर भागेका फरार युवा एक महिना पछि पक्राउ « Khabarhub

कार र गाँजा छाडेर भागेका फरार युवा एक महिना पछि पक्राउ


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


933
Shares
  • change font
  • change font
  • change font

सुनसरी– प्रहरीले गाँजा तस्करीमा संलग्न भएको आरोपमा फरार भएका एक युवालाई विहीबार साँझ पक्राउ गरेको छ । करिव एक महिना अघि नै फरार भएका मोरङको बुढीगंगा गाउपािलका–४ बस्ने चिन भन्ने २८ वर्षीय नसरुद्दिन मियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मिया गत जेठ ६ गते बा ७ ९२६३ नम्बरको मारुती सुजुकी कार चलाएर सुनसरीबाट बुढीगंगा तर्फ गइरहेका बेला प्रहरीले खेदाउँदा खेदाउँदै फरार भएका थिए । उनी दुहवी नगरपालिका–४ मालहट्टीमा कार रोकेर फरार भएका थिए । 

उनले चलाएको कारको डिकी भित्रबाट प्रहरीले ११६ केजी गाँजा बरामद भएको थियो । जेब्रा झोलामा प्याक गरिएको गाँजा मियाले धनकुटाको दक्षिणी भेगका पालिकाबाट ल्याएका थिए । उक्त गाँजा भारतीय बजारमा तस्कर गर्न मियाले कार प्रयोग गरेको प्रहरीले जनाएको छ । 

कार र गाँजा छाडेर फरार रहेका मियालाई प्रहरीले कारकै नम्बर र व्लु बुकको आधारमा खोजतलास गर्दा उनी दुहवीकै मालहट्टी आसपास लुकेर बसेको सुराक पाएपछि थप खोजवीन गर्दा पक्राउ परेका हुन् । प्रहरीले सुनसरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । 

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ९ : १४ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज