ग्वार्को ओभरपास रिबन काट्न तयार (तस्बिरहरू) « Khabarhub

ग्वार्को ओभरपास रिबन काट्न तयार (तस्बिरहरू)


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको ग्वार्कोमा बनेको ओभरपास अन्तत: सवारीचालकले प्रयोग गर्न पाउने समय आएको छ । तोकिएको भन्दा निकै ढिलो गरी ओभरपास तयार भएको हो । शुक्रबार आज प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेसँगै सर्वसाधारणले ओभरपास प्रयोग गर्न पाउनेछन् ।

निर्माण थालेको ३९ महिनामा ओभरपासको काम सकिएको हो । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा यसको ठेक्का गरिएको थियो । यसको ठेक्का आशिष-समानान्तर-रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको थियो ।

दुई वर्षभित्र काम सक्ने गरी २०७८ फागुनमा ओभरपास निर्माण सुरु भएको थियो । सुरुमा भएको सम्झौताअनुसार ओभरपास २०८० फागुन १२ भित्र तयार भइसक्नु पर्ने थियो । उक्त समयमा नसकिएपछि २०८१ असारसम्मका लागि म्याद थपियो । त्यो समयमा पनि काम सकिएन ।

त्यसपछि २०८१ पुस ९ सम्मका लागि म्याद थपियो । पटक–पटक समय थप गर्दा पनि काम नसकिएपछि २०८१ पुस १० बाट निर्माण कम्पनीलाई जरिवाना तिराएर काम गराइएको थियो । कम्पनीले दैनिक जरिवाना तिर्दै अहिले काम सकेको हो ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ११ : ४८ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली