लुम्बिनी सरकारको बजेट विनियोजनप्रति कांग्रेस असन्तुष्ट « Khabarhub

लुम्बिनी सरकारको बजेट विनियोजनप्रति कांग्रेस असन्तुष्ट


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा न्यायोचित ढंगले बजेट विनियोजन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सभापति अमरसिंह पुनले प्रदेश सरकारको बजेट विनियोजनप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।  

लुम्बिनी प्रदेश सरकारको वार्षिक कार्यक्रम तथा बजेटबारे प्रेस वक्तव्य जारी गर्दै उनको सचिवालयले भनेको छ, ‘लुम्बिनी प्रदेश सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–८३ को वार्षिक कार्यक्रम तथा बजेटका सन्दर्भमा सभापतिको गम्भीर ध्यानाकर्षण भएको छ ।’ 

प्रदेश सरकारले संघीय शासन प्रणालीको मर्म, लोकतन्त्रबाट विकासको भावना, लुम्बिनी प्रदेशको समग्र विकासको न्यायोचित आवश्यकताविपरीत सरकारका मन्त्री तथा प्रतिनिधिहरूले आफ्नो र निश्चित स्वार्थ समूहको दबाबमा वार्षिक कार्यक्रम तथा बजेट निर्माण गरेको सभापति पुनको सचिवालयका प्रमुख अनुपम जीसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

यस्ता छन् सभापति पुनको ध्यानाकर्षण भएका विषयहरू : 
– लुम्बिनी प्रदेशका सबै क्षेत्र तथा भूगोलमा आवश्यकताबमोजिम न्यायोचित, सन्तुलित, समानुपातिक र समावेशी रुपमा बजेट विनियोजन नभएको ।

– प्रदेशको समुन्नत विकास र समृद्धिको लागि आवश्यकताभन्दा पहुँच, राज्यशक्ति र निहित स्वार्थपूर्ति गर्न बजेट निर्माण भएको ।

– प्रदेशको बजेट निर्माण गर्दा आर्थिक अनुशासन तथा सामान्य नीतिगत सहभागिता नबनाई दायरा सङ्कुचन गरिएको र सम्बन्धित मन्त्रालय वा स्थानमा भन्दा बाहिर अनधिकृत व्यक्ति वा समूहको सहभागिता र अनधिकृत स्थलमा बजेट तयार गरेको ।

– समुन्नत प्रदेशको लागी दूरगामी महत्व तथा क्षेत्रगत रणनीतिक कार्यक्रमको भन्दा अल्पकालीन लाभका कार्यक्रमलाई विशेष जोड दिएको ।

-विषयगत निकाय तथा कार्यालयहरूबाट प्राथमिकताका आधारमा पूर्वतयारी पूरा भई आएका कार्यक्रमलाई बेवास्ता गरी सम्बन्धित नेतृत्वको स्वविवेक तथा टुक्रे योजना-कार्यक्रमलाई प्राथमिकता दिएको ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १२ : ०३ बजे

गोविन्दाको चेतावनीपछि पत्नी सुनिताको नयाँ मार्ग : ‘अब प्रेमभन्दा काम र पैसालाई प्राथमिकता दिन्छु’

काठमाडौँ– बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजा फेरि एकपटक चर्चामा

पश्चिम एसिया तनावबीच अमेरिकी राष्ट्रपति ट्रम्प बुधबार चीन पुग्दै

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समकक्षी सी चिनफिङको निमन्त्रणमा आगामी

राष्ट्रपति पौडेलले संसदको संयुक्त बैठकमा गर्ने सम्बोधनलाई मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौँ– मन्त्रिपरिषद बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले आज संसदको दुवै सदनमा

स्थानीय पाठ्यक्रममा देवघाटधामको पहिचान र संस्कृति समेटियो 

तनहुँ– देवघाट गाउँपालिकाले देवघाटधामको पहिचान, संस्कृति र भूगोललाई समेटेर स्थानीय

सडक सुविधाले किचकबध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा– प्रसिद्ध पर्यटकीयस्थल किचकबध र नेपालकै होचो स्थान कचनकबल जाने