अजयको ‘सन अफ सरदार २’ जुलाई २० बाट प्रदर्शनमा आउने « Khabarhub

अजयको ‘सन अफ सरदार २’ जुलाई २० बाट प्रदर्शनमा आउने


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०१२ मा प्रदर्शनमा आएको बलिउड फिल्म ‘सन अफ सरदार’को सिक्वेल ‘सन अफ सरदार २’ लिएर नायक अजय देवगन दर्शक समक्ष आउँदैछन् ।

फिल्मको प्रदर्शन मिति आगामी जुलाई २० लाई तोकिएको छ । अजयले सामाजिक सञ्जालबाट बिहीबार पोस्टर सार्वजनिक गरी यस फिल्मको प्रदर्शन मितिबारे जानकारी दिएका हुन् ।

पोस्टरमा अजय दुई युद्ध ट्याङ्माथि उभिएका छन् । पहेँलो पगरी लगाएर उनी सरदार लुक्समा देखिन्छन् ।

सिक्वेलमा पनि अजय ‘जस्सी’को भूमिकामा नै रहेको बताइएको छ । यस फिल्ममा उनीसहित नायिका मृणाल ठाकुर, सञ्जय मिश्र र रवि किशन मुख्य भूमिकामा रहेको बताइएको छ ।

‘सन अफ सरदार’मा मुख्य खलपात्र सञ्जय दत्त थिए । सिक्वेलमा भने मुख्य खलपात्रको भूमिकामा रवि किशन रहेको बताइएको छ ।

प्रदर्शन मिति तोकिएसँगै अजय यो फिल्मको प्रचारमा जुटिसेकेका छन् । उनी प्रचारका लागि ‘द ग्रेट इन्डिनय कपिल शो’मा पुगेका छन् । उक्त कार्यक्रम शनिबार सार्वजनिक हुनेछ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ४ : ३० बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित