बेँसीसहर–चामे सडक अवरुद्ध « Khabarhub

बेँसीसहर–चामे सडक अवरुद्ध


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

लमजुङ– मनाङ र लमजुङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक पहिरो खस्दा अवरुद्ध भएको छ । यस सडक खण्डअन्तर्गत लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ मा आज बिहान पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।  

कार्यालयका सूचना अधिकारी नवीन विष्टले भने, ‘ठूलाठूला ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध हुँदा सवारीसाधनबीच बाटोमै अलपत्र परेका छन् ।’

 पहिरो ठूलो भएकाले खुलाउन समय लाग्ने उनको भनाइ छ । सो स्थान नजिक यही असार ४ गते पहिरो खसेर सडक अवरुद्ध भएको थियो । 

त्यस्तै लमजुङ–मनाङको सिमाना नजिक म्यार्दी भीर नजिक सडकमा दुई वटा ट्रक बिग्रिँदा सवारी आवागमन अवरुद्ध भएको छ । अहिले सडकमा यातायात सञ्चालनको प्रयास भइरहेको छ । सडक अवरुद्ध भएपछि गन्तव्यमा समयमा पुग्नुपर्ने यात्रुहरूलाई बढी समस्या भएको छ ।  

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १२ : ३७ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज