नेपालको वैदेशिक व्यापार बढ्यो, ११ महिनामा साढे १६ खर्बको आयात, निर्यात ७७ प्रतिशतले वृद्धि « Khabarhub

नेपालको वैदेशिक व्यापार बढ्यो, ११ महिनामा साढे १६ खर्बको आयात, निर्यात ७७ प्रतिशतले वृद्धि


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा नेपालको समग्र वैदेशिक व्यापारमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापार १८.८० प्रतिशतले वृद्धि भएर १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख ९९ हजार रुपैयाँको पुगेको हो ।

वैदेशिक व्यापारमा चालु आर्थिक वर्षको ११ महिनामा आयात १३.१५ प्रतिशत र निर्यात ७७.७७ प्रतिशतले वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार समीक्षा अवधिमा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख ८६ हजार रुपैयाँ बराबरको वस्तु नेपालमा आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालमा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख ९२ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

त्यस्तै, चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट दुई खर्ब ४७ अर्ब ५७ करोड दुई लाख १३ हजार रुपैयाँ बराबरको वस्तु विभिन्न देशमा निर्यात भएको विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात एक खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार रुपैयाँ बराबरको भएको थियो ।

एक खर्ब बढीको डिजेल आयात, निर्यातमा सोयाबिन तेल धेरै

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा आयात भएका वस्तु मध्ये सबैभन्दा धेरै मूल्यको डिजेल आयात भएको छ । सो अवधिमा एक खर्ब १५ अर्ब ५५ करोड एक लाख ७१ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको हो ।

सो अवधिमा दोस्रो धेरै आयात सोयाबिन तेलको कच्चा पदार्थ ९५ अर्ब ७२ करोड ६१ लाख ५२ हजार रुपैयाँ बराबरको भएको छ । त्यस्तै, पेट्रोल तेस्रो धेरै मूल्य बराबरको र ग्यास चौथो धेरै मूल्य बराबरको आयात भएको छ।

समीक्षा अवधिमा नेपालबाट सबैभन्दा धेरै मूल्य बराबरको सोयाबिन तेल र सो सँग सम्बन्धित सामग्रीको निर्यात भएको छ । विभागको तथ्यांकअनुसार सो अवधिमा नेपालबाट ९३ अर्ब ५१ करोड ७१ लाख ८१ हजार रुपैयाँ बराबरको सोयाबिन तेल र त्यसका छोक्राको निर्यात भएको हो ।

त्यस्तै, सो अवधिमा ११ अर्ब ३३ करोड ८९ लाख ८३ हजार रुपैयाँ बराबरको सूर्यमुखी तेल र त्यसको बिउ र नौ अर्ब ७८ करोड १० लाख १८ हजार रुपैयाँ बराबरको कार्पेट तथा टेक्सटाइल निर्यात भएको छ ।

समीक्षा अवधिमा सोयाबिन तेल र सूर्यमुखी तेलसँग सम्बन्धित कच्चापदार्थको आयात र निर्यातले विशेषगरी निर्यातको परिमाणलाई अधिक वृद्धि गरेको देखाएको विभागको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १ : १० बजे

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको