माओवादीको आक्रोश- सरकारले सदनलाई हेप्यो, समयमै उपस्थित नहुँदा कार्यसूची प्रभावित « Khabarhub

माओवादीको आक्रोश- सरकारले सदनलाई हेप्यो, समयमै उपस्थित नहुँदा कार्यसूची प्रभावित


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले सरकारका कारण सदनको कामकारबाही प्रभावित भएको आरोप लगाएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारका मन्त्रीहरू समयमा नै सदनमा उपस्थित नहुँदा सदनको कार्यसूची प्रभावित भएको भन्दै सरकारले सदनलाई हेपेको आरोप लगाए । 

सरकारकै कारण संसद्को कार्यसूची आउने र पछि कार्यसूचीमा आएको विषय हटाउने काम भइरहेको उनले बताए । उनले बजेटको मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्रीहरू उपस्थित नहुनुले प्रतिनिधिसभाको नियमावलीको उलङ्घन भएको धारणा राखे ।

पाण्डेले विनियोजन विधेयकको पुस्तक समयमा उपलब्ध नहुँदा छलफलमा समेत समस्या भइरहेको पनि बताए । त्यस्तै कांग्रेस सांसद रामहरि खतिवडाले पनि कार्यसूची अनुसार सम्बन्धित मन्त्रीहरू बैठकमा उपस्थित नभएका कारण छलफल अगाडी बढाउन नमिल्ने उल्लेख गरेका थिए । 

त्यसपछि सभामुख देवराज घिमिरेले मन्त्री उपस्थित नभएका युवा तथा खेलकुद र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग सम्बन्धित विषयमाथिको छलफल कार्यसूचीबाट हटाएका थिए  ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १ : ४६ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज