बाम्का बजार आगलागी घटना : पीडितलाई पर्यटन मन्त्रालयको साढे तीन लाख सहयोग « Khabarhub

बाम्का बजार आगलागी घटना : पीडितलाई पर्यटन मन्त्रालयको साढे तीन लाख सहयोग


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाजुराको बुढीगंगा नगरपालिका–६ को बाम्का बजारका आगलागी पीडितका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले झण्डै साढे तीन लाख रुपैयाँ संकलन गरेको छ । 

पर्यटन मन्त्रालयले मन्त्रालय र मातहतका निकायबाट पर्यटनमन्त्री बद्री पाण्डेको गृहजिल्ला बाजुराको बाम्बा बजारका आगलागी पीडितका लागि उक्त रकम संकलन गरेको हो ।

बाम्का बजार आगलागी पीडितका लागि तीन लाख पाँच हजार ७६५ रुपैयाँ संकलन गरिएको मन्त्री पाण्डेका प्रमुख स्वकीय सचिव तालबहादुर रावतले जानकारी दिए । 

उनले मन्त्रीको सचिवालय र विभिन्न विभागका कर्मचारीहरूबाट संकलन भएको उक्त रकम जिल्लामा गठन गरिएको राहत संकलन तथा व्यवस्था समितिको खातामा जम्मा गरिएको बताए । 

बम्का बजारमा जेठ २३ गते भएको आगलागीबाट ठूलो क्षति भएको थियो ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  २ : १२ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज