रियल सेक्टर विस्तार गर्नु अहिलेको अपरिहार्यता : योजना आयोग सदस्य श्रेष्ठ « Khabarhub

रियल सेक्टर विस्तार गर्नु अहिलेको अपरिहार्यता : योजना आयोग सदस्य श्रेष्ठ


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठले रियल सेक्टर विस्तारमैत्री मौद्रिक नीति ल्याउनुपर्ने बताएका छन् ।

नबिल बैंकको सहयोगमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज ) ले काठमाडौंमा आयोजना गरेको दुई दिने ‘एडभान्स बैकिङ ट्रेनिङ फर इकोनोमिक जर्नालिष्ट’ कार्यक्रमको शुक्रबार उद्घाटन समारोहमा बोल्दै डा.श्रेष्ठले आर्थिक समृद्धिका लागि रियल सेक्टर विस्तार अपरिहार्य रहेको बताए । कार्यक्रम शनिबारसम्म हुनेछ । 

उनले आर्थिक शिथिलताको असर बैंकिङ क्षेत्रमा परिरहेको बताए । ‘रियल सेक्टर विस्तार गर्न नसक्दा त्यसको असर बैंकमा पनि देखिन थालेको छ । यसका लागि रियल सेक्टरलाई थप विस्तार गर्नुपर्छ,’ उनले भने ।

उनले कर्जाको माग बढाउने गरी आगामी मौद्रिक नीति ल्याउनुपर्ने बताए । ‘अहिले पनि बैंकहरुका सात खर्ब रुपैयाँ बराबरको कर्जा योग्य रकम रहेको छ । त्यो अवस्था कर्जाको माग बढाउने गरी आगामी मौद्रिक नीति ल्याउनुपर्ने छ,’ उनले बताए । उद्योग क्षेत्रलाई चलायमान बनाउन सकेमा कर्जाको माग स्वतः बढ्ने उनको भनाइ छ । 

हाल नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माणको तयारीमा छ ।  डा. श्रेष्ठले मौद्रिक नीतिले उद्यम क्षेत्रलाई कर्जा उपयोगमा सहजीकरण गर्ने गरी मौद्रिक नीति आउनुपर्ने बताए ।

‘अहिले नबिल बैंकले उद्यमी कर्जा सञ्चालन गरिरहेको छ । यस्तै प्रकारका कर्जालाई अन्य बैंकहरुले प्राथमिकतामा राखेर कर्जा प्रवाह गरेमा समग्र अर्थतन्त्रलाई नै सकारात्मक प्रभाव पार्छ,’ उनले भने । 

सरकारले पर्याप्त खर्च गर्न नसक्दा आन्तरिक कर्जाको माग बढ्न नसकेको उनले बताए । 

सरकारी खर्च गर्ने चक्रलाई बिगारेको उल्लेख गर्दै उनले सरकारले वित्तीय खर्चलाई सुधार गर्दै आन्तरिक ऋण पनि बढाउनुपर्ने बताए । 
यस्तै, उनले आर्थिक पत्रकारहरूको क्षमता बढ्दै गएको बताए । 

‘पहिला पत्र पत्रिकामा आर्थिक विषय बस्तुले प्राथमिकता पाउने थिएनन् । अहिले सञ्चार माध्यममा आर्थिक समाचारहरू व्यापक रूपमा देख्न पाइन्छ,’ उनले भने, ‘साथै, आर्थिक पत्रकारहरूको क्षमता पनि वृद्धि हुँदै गएको देखिन्छ । पहिला आर्थिक विषयमा बुझेका पत्रकार कम थिए । अहिले यस विषयमा पत्रकारहरू सक्षम हुँदै गएका छन् ।’

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ३ : ३८ बजे

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको