भुटानी शरणार्थीको पीडा दर्शाउने फोटो प्रदर्शनी (तस्बिरहरू)   « Khabarhub

भुटानी शरणार्थीको पीडा दर्शाउने फोटो प्रदर्शनी (तस्बिरहरू)  



काठमाडौं- प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पसमा द युएन रिफ्युजेस एजेन्सी ( युएनएचसीआर ) ले विश्व शरणार्थी दिवसको अवसरमा फोटो प्रदर्शनी गरेको छ।

उक्त फोटो प्रदर्शनीमा भुटानी शासकले लखेटेपछि नेपाल आएका शरणार्थीहरूको पीडा देखाइएको छ । फोटो प्रदर्शनीमा भुटानबाट लखेटिएपछि भोग्नुपरेको प्रताडनालाई झल्काइएको छ।

सन् १९९० को दशकको अन्त्यतिर भुटान सरकारले एक देश, एक जनजाति नीति लागू गरेपछि नेपाली भाषीलाई लखेटेको थियो । नेपाली भाषी ल्होत्साम्पा समुदायलाई भुटानी पहिचानमा खतरा भन्दै राज्यले निकालेको थियो ।

त्यसक्रममा नेपाली भाषा, संस्कृति, धर्म ,पोसाक प्रतिबन्धित गरिए । नेपाली भाषीको नागरिकता प्रमाणपत्र खारेज गरियो । लाखौँ नागरिकहरूलाई जबरजस्ती देश निकाला गरियो ।

भुटानबाट धपाइएका करिब १ लाख ८ हजार नेपाली भाषी भुटानीहरू सन् १९९० देखि १९९३ सम्म नेपाल भित्रिए । यसरी मुलुकबाट विस्थापित भएका शरणार्थीहरू झापा र मोरङका विभिन्न स्थानहरूमा ७ वटा शरणार्थी शिविरमा बसे ।

उनीहरू शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत कुराको अभावमा लामो समय शिविरमै बस्न बाध्य भए । नेपाल सरकारले उनीहरूलाई नागरिकता दिने वा भूटाननै फर्काउने विषयमा विचार गरे पनि सम्भव भएन।

नेपाल र भुटानबीच पटक पटक वार्ता भयो तर ठोस नतिजा निस्किएन । समाधान ननिस्किएपछि तेस्रो देश पुनःस्थापनाको विकल्प निकालियो । सन् २००७ देखि युएनएचसीआर पहलमा ८ पश्चिमी मुलुकमा पुनर्वास पक्रिया थालियो। अमेरिका, क्यानडा, अस्ट्रेलिया , नर्वे, डेनमार्क र बेलायतमा भुटानीहरूलाई पुनर्वासमा पठाइयो ।

हालसम्म ८० हजारभन्दा बढी शरणार्थीहरू तेस्रो देशमा गइसकेका छन् । अहिले पनि केही हजारको सङ्ख्यामा नेपालमै शरणार्थीहरू बाँकी छन् ।

प्रदर्शनीमा राखिएका फोटोहरूमा भुटानी शरणार्थी नेपाल प्रवेश गरेदेखि उनीहरूमा आइपरेका समस्याहरू र जीवशैलीलाई दर्शाइएको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ५ : २२ बजे

प्रदेश प्रमुख खापुङसमक्ष मधेसी आयोग वार्षिक प्रतिवेदन पेस

मोरङ– मधेसी आयोगले कोशी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आज आफ्नो

‘जेलमा बस्दाको दु:खबाहेक एमाले निर्माणमा केपी ओलीको कुनै योगदान छैन’

काठमाडौं– साधारण साडी र सामान्य कोट लगाएर हिँड्ने अष्टलक्ष्मी शाक्य

इन्डोनेसियामा पहिरो जाँदा १० जनाको मृत्यु, १८ बेपत्ता

जकार्ता– इन्डोनेसियाको मध्ये जाभा प्रान्तको आवासीय क्षेत्रमा पहिरो जाँदा कम्तीमा

लगालग विकेट गुमेपछि पोखराको ब्याटिङ संकटतिर

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत शुक्रबारको खेलमा सुदूरपश्चिमा रोयल्सविरुद्ध खेलिरहेको

पोखरा एभेन्जर्सले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत जारी खेलमा पोखरा एभेन्जर्सले दोस्रो